+
+
Shares

बुटवलको बजेट एक अर्ब ९० करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १० गते १८:२५

१० असार बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

जसमा चालुतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ ।

संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान समावेश गर्दै गत वर्षभन्दा करिब ३५ करोड बढी रकमको बजेट प्रस्तुत गरिएको हो । बुटवल उपमहानगरले गत आर्थिक वर्षमा एक अर्ब ६६ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

नगरसभाको पाँचौं अधिवेशनमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले आर्थिक वर्ष ०७६/०७७ का लागि एक अर्ब ९० करोड बजेट प्रस्तुत गरिन् ।

बजेटको स्रोतका रुपमा स्थानीय आन्तरिक स्रोत (कर, सेवा शुल्क, दस्तुर) तर्फ जम्मा ५१ करोड ९४ लाख ४० हजार रुपैयाँ, राजश्व बाँडफाँटतर्फ १६ करोड ७४ लाख १४ हजार, संघीय सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, पूँजीगत अनुदान समेत १ अर्ब १ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै प्रदेश सरकारको तर्फबाट प्राप्त हुने जम्मा १० करोड ७५ लाख ९६ हजार, अन्य आय जम्मा ५ करोड ७४ लाख ५० हजार, गत वर्षको बाँकी ३ करोड ५० लाख रुपैयाँ पनि बजेटको स्रोतको रुपमा उल्लेख गरिएको छ ।

बजेटमा पूर्वाधार विकासका लागि ३५ करोड ९८ लाख २५ हजार छुट्टाइएको छ । यस्तै वन वातावरण, हरियाली प्रवर्द्धन सरसफाइ तथा विपद व्यवस्थापन एवं सूचना प्रविधिका लागि चार करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसैगरी वडास्तरीय कार्यक्रमका लागि १७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

सामाजिक विकास र सामाजिक सुरक्षातर्फ २६ करोड, शिक्षा, युवा तथा खेलकुद र जनस्वास्थ्य २९ करोड ३२ लाख ४२ हजार रुपैयाँ र स्वास्थ्यका लागि चार करोड ४० लाख ५० हजार रकम विनियोजन भएको छ ।

यस्तै स्थानीय सेवा मानव संसाधन तथा सुशासन प्रवर्द्धनतर्फ २८ करोड २६ लाख, राजस्व प्रशासन सुधार, सार्वजनिक निजी साझेदारी विभाज्य तथा वित्तीय सेवासमेतका लागि सात करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?