Comments Add Comment

पोखरामा नीति तथा कार्यक्रमबाटै हरायो मोनोरेल !

१० असार, पोखरा । पोखरा महानगरपालिकाले गत वर्ष नीति तथा कार्यक्रममा ‘महानगरमा गौरवका योजना’ भन्दै महत्वाकांक्षी योजनाहरु अघि सार्‍यो । एक वर्षपछि मंगलबार आर्थिक वर्ष २०६६/६७ को नीति तथा कार्यक्रम ल्याउँदा केही गौरव योजनाले निरन्तरता पायो भने केही हटाइएको छ ।

महानगरले गत वर्ष चालु आवमा फेवादेखि बेगनास तालसम्म मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने बताएको थियो । यो वर्ष मोनोरेल हराएको छ । मोनोरेलसँगै टुरिस्ट बसपार्क र पोखरा चक्रपथ गुरुयोजना पनि समावेश भएन ।

गौरव योजना नै किन नीति तथा कार्यक्रममा परेनन् त ? महानगर प्रमुख मानबहादुर जिसी भन्छन्, ‘मोनोरेल सम्भाव्यता प्रदेशले गर्छु भनेको छ । त्यसो हुँदा हामीले सक्ने काम मात्रै नीति तथा कार्यक्रममा समावेश गरेका छौं ।’

महानगर गौरव योजना घोषित अधिकांश परियोजनाहरुमा काम नै सुरु भएको छैन । तर, विजुलीको तार अण्डरग्राउण्ड गर्ने लगायतका केहीले भने आव ०७६/७७ को नीति तथा कार्यक्रममा निरन्तरता पाएको छ । ‘पोलका तारजाली अन्डरग्राउन्ड गर्न आवश्यक बजेट विनियोजन गरेको छु,’ महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले मंगलबार पाँचौ नगरसभामा बजेट वक्तव्यमार्फत भनिन् ।

भूमिगत पार्किङ भए कर छुट !

पोखरा महानगरले बढ्दो पार्किङ समस्या हटाउन भवन बनाउँदा भूमिगत पार्किङ व्यवस्था गर्नेलाई ५० प्रतिशत कर छुट दिने बजेटमार्फत नै घोषणा गरेको छ । भूकम्पपीडितले मापदण्ड बमोजिम भवन निर्माण नक्सा पास गर्दा १ हजार स्क्वाएर फिटको ग्राउन्ड लेबलमा सतप्रतिशत छुट दिने भएको छ ।

पोखरा महानगर क्षेत्रभित्र पर्ने पुरातात्विक महत्वका पुराना घर भत्किएको अवस्थामा पुरानै शैलीमा पुननिर्माण गर्न ५० प्रतिशतसम्म नक्सापासमा छुट पाइने भएको छ ।

कृषि उत्पादन प्रशोधन व्यवसाय गर्दा ३० प्रतिशतसम्म छुट पाइने महानगरले जनाएको छ ।

यो पनि पढ्नुहोस् : पोखरा महानगरको बजेट साढे ७ अर्ब ५४ लाख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment