Comments Add Comment

प्रधानमन्त्रीको सहभागीतामा रिंगरोड क्षेत्रमा वृक्षारोपण

Photo Credit : विकास श्रेष्ठ/अनलाइनखबर

१४ असार, काठमाडौं । सरकारले आजबाट देशभर वृक्षरोपण अभियान सुरु गरेको छ । त्यसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कोटेश्वर क्षेत्रमा फलफूलको बिरुवा रोपेर गरेका छन् ।

सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेर आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना बनाएको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद बहादुर कुँवरका अनुसार काठमाडौंमा कोटेश्वर-कलंकी सडकखण्डको किनारमा फलफूलका बिरुवा रोपिने छ ।

यो पनि पढ्नुहोस कोटेश्वर-कलंकी खण्डमा वृक्षारोपण : कसको सहभागीता कहाँ ?

केन्द्र सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, सातवटै प्रदेश, स्थानीय तह, विश्वविद्यालय, संस्थान, वन उपभोक्ता समिति र गैरसरकारी संस्थाहरुलाई पनि आ-आफ्नो क्षेत्रमा वृक्षरोपण गर्न निर्देशन दिएको छ ।

सरकारको निर्देशनअनुसार राजनीतिक दलका भ्रातृसंगठनहरु पनि वृक्षरोपण कार्यक्रममा सहभागी हुँदैछन् । सरकारको नेतृत्वकर्ता दल नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले कोटेश्वर-कलंकी क्षेत्रलाई बिभिन्न खण्डमा बिभाजन गरी कार्यकर्ताहरु परिचालन गरिएको जानकारी दिए ।

‘कोटेश्वर, बालकुमारी, ग्वार्को, बीएण्डबी अस्पताल, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, बागडोल, बल्खु र कलंकी क्षेत्रमा साथीहरुलाई सकृयतापूर्वक सहभागी हुन निर्देशन दिइएको छ,’ तामाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment