
Photo Credit : विकास श्रेष्ठ/अनलाइनखबर
१४ असार, काठमाडौं । आज पहिलो राष्ट्रिय वृक्षरोपण दिवस मनाइँदै छ । सरकारले यसै वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।
दिवसको अवसरमा काठमाडौं उपत्यकासहित देशभर वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ । काठमाडौं उपत्यकाको हकमा कोटेश्वर-कलंकी सडकखण्डमा करिब ३ हजार बिरुवा रोपिएको छ । कोटेश्वर क्षेत्रको वृक्षरोपण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं सहभागी भएका छन् ।
कोटेश्वर-कलंकी क्षेत्रलाई नौ खण्डमा बिभाजन गरी सम्पर्क व्यक्ति तोकेर सहभागीहरुको कार्यक्षेत्रसमेत तोकिएको छ । हरेक खण्डमा सम्पर्क व्यक्ति तोकिएको छ । साथै वृक्षरोपण कार्यक्रममा सहभागीहरुको कार्यक्षेत्र पनि निर्धारण गरिएको छ ।
कसको सहभागीता कहाँ ? हेर्नुहोस् यो तालिका
सडकखण्ड | सम्पर्क व्यक्ति | सहभागी |
---|---|---|
कोटेश्वर-बालकुमारी | डा. राजेन्द्र के.सी. | सांसद, राष्ट्रसेवक, प्रेस संगठन नेपाल, प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल लगायत अन्य नागरिक संघ संस्थाहरु |
बालकुमारी-ग्वार्को | डा. बुद्धिसागर पौडेल, सहसचिव | सांसद, राष्ट्रसेवक, अखिल नेपाल महिला संघ लगायत अन्य नागरिक संघ संस्थाहरु |
ग्वार्को-बीएण्डबी | मोहन जोशी, सहसचिव | सांसद, राष्ट्रसेवक, नेपाल वुद्धिजिवी संगठन, नेपाल राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघ लगायत अन्य नागरिक संघ संस्थाहरु |
बीएण्डबी-सातदोबाटो | डा. इन्द्र सापकोटा, उपसचिव | सांसद, राष्ट्रसेवक, खेलकुद महासंघ नेपाल, भूतपूर्व सैनिक तथा जनमुक्ति सेना नेपाल लगायत अन्य नागरिक संघ संस्थाहरु |
सातदोबाटो-महालक्ष्मीस्थान | डा. रामचन्द्र कंडेल, सहसचिव | सांसद, राष्ट्रसेवक, नेपाल आदिवासी जनजाति महासंघ लगायत अन्य नागरिक संघ संस्थाहरु |
महालक्ष्मीस्थान-एकान्तकुना | ज्योती जोशी भट्ट, सहसचिव | सांसद, राष्ट्रसेवक, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन, जनसाँस्कृतिक महासंघ नेपाल, पेशागत महासंघ नेपाल लगायत अन्य नागरिक संघ संस्थाहरु |
एकान्तकुना-बागडोल | चन्द्रमान डंगोल, सहसचिव | सांसद, राष्ट्रसेवक, युवा संगठन नेपाल लगायत अन्य नागरिक संघ संस्थाहरु |
बागडोल-बल्खु | सुधिर कोइराला, सहसचिव | सांसद, राष्ट्रसेवक, अखिल नेपाल किसान महासंघ, नेपाल ट्रेडयुनियन महासंघ नेपाल लगायत अन्य नागरिक संघ संस्थाहरु |
बल्खु-कलंकी | पशुपति कोइराला, उपसचिव | सांसद, राष्ट्रसेवक, नेपाल मुस्लिम संगठन नेपाल, नेपाल मुक्ति संगठन,नेपाल भूमीहिन सुकुम्बासी संगठन लगायत अन्य नागरिक संघ संस्थाहरु |
नोट: अपांगता भएकाहरुको हकमा पायक पर्ने स्थानमा |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4