Comments Add Comment

प्रदेश ३ का पत्रकारले प्रेस पास लिन हेटौंडा जानुपर्ने

प्रदेश सरकारले ल्यायो सञ्चार माध्यम व्यवस्थापन नियमावली

१७ असार, काठमाडौं । प्रदेश ३ मा कार्यरत पत्रकारहरुले अबदेखि प्रेस पास लिन अस्थायी राजधानी हेटौडा जानुपर्ने भएको छ । एफएम, रेडियो र स्याटलाइटबाहेकका टेलिभिजन र अनलाइन दर्ता र नवीकरण पनि अब प्रदेश सरकारअन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालय हेटौ‌ंडाबाट हुने भएको छ ।

प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन ०७५ र नियमावली ०७६ अनुसार ती अधिकार प्रदेशमार्फत हुन लागेका हुन् । प्रदेशले बनाएको ऐन र नियमावलीअनुसार पत्रपत्रिकाको अभिलेख राख्ने, पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र नवीकरण पनि अब सञ्चार रजिष्ट्रारको कार्यालय हेटौ‌ंडाबाटै हुनेछ ।

असार ९ गतेको बैठकले प्रदेश ३ को मन्त्रिपरिषद बैठकले प्रदेश सञ्चारमाध्यम नियमावली ०७६ स्वीकृत गरेपछि अब प्रदेशअन्तर्गतका आमसञ्चार माध्यमको दर्ता, नवीकरण र अभिलेख हेटौडामा राख्न बाटो खुलेको हो ।

एक सय वाटभन्दा माथि एक हजार वाटसम्मका एफएम रेडियो, स्याटेलाइटबाहेकका टेलिभिजन, अनलाइनको दर्ता र नवीकरण अब सञ्चार रजिष्ट्रारको कार्यालय हेटौ‌ंडाबाट रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले बताए ।

प्रदेशसभाले ०७५ मंसिर ११ गते प्रदेश सञ्चार माध्यम व्यवस्थापन विधेयक पारित गरेको थियो । प्रदेश प्रमुखबाट सो विधेयक ०७५ पुस ११ गते प्रमाणीकरण भएको थियो । सोही ऐनबमोजिम ०७५ चैत २७ गते प्रदेश मन्त्रिपरिषदले आन्तरिक मामिला तथा कानून मन्त्रालयको सिफारिसमा सञ्चार रजिष्ट्रारमा पत्रकार सापकोटालाई नियुक्त गरिसकेको छ ।

प्रदेश सरकारले ल्याएको नयाँ नियमावलीमा भएको व्यवस्था अनुसार ऐन प्रारम्भ हुनुभन्दा अघि प्रकाशन हुँदै आएका पत्रपत्रिका, प्रसारण हुँदै आएका एफ एम रेडियो, टेलिभिजन, अनलाइन र पुस्तक प्रकाशनको अभिलेख सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौडामा गराउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment