
२० असार, काठमाडौं । विश्वकप क्रिकेटमा इंग्ल्यान्डसँग ११९ रनको हारले न्युजिल्यान्डको सेमिफाइनल यात्रा कठिन बनाएको छ । तर न्युजिल्यान्डका अलराउण्डर जिमी निसमले भने यो हारलाई बिर्सिसकेका छन् र अब उनको ध्यान सेमिफाइनलमा छ ।
निसमले इंग्ल्यान्डविरुद्ध राम्रो खेले । उनले ज्यासन रोयको विकेट लिन सफल भए । उनले १० ओभरमा एक ओभर मेडनसहित ४१ रन खर्चिएर दुई विकेट लिए । ब्याटिङतर्फ पनि उनले १९ रन बनाए ।
सुरुवाती समयमा राम्रो खेल्दै लगातार जीत हात पारेको न्युजिल्यान्डले अन्तिम तीन खेलमा भने लगातार हार ब्यहोर्न पुग्यो । निसम इंग्ल्यान्डसँगको हारबारे भन्छन्, ‘हामीले राम्रो सुरुवात गरेका थियौं । इंग्ल्यान्डविरुद्धको खेलमा भाग्यले पनि हामीलाई साथ दिएन ।’
तर उनको टिम न्युजिल्यान्ड विश्वकपको सेमिफाइनलमा पुग्ने कुरामा उनी ढुक्क छन् । पाकिस्तानलाई उछिन्दै आफ्नै टिम सेमिफाइनलमा पुग्ने उनको दाबी छ । उनले थपेका छन्, ‘म यस्तो खेल खेल्न चाहन्छु जसले मलाई सफलता मिली रहोस् । म वल्ड ट्राफोडमा सेमिफाइनल खेल्ने तयारी गरिरहनेछु ।’
प्रतिक्रिया 4