Comments Add Comment

पोखरामा ऐतिहासिक सम्पदा झल्कने ‘फेसनमा सो’ हुने

२६ असार, पोखरा । विभिन्न पुरातात्विक सम्पदा झल्कने गरी पोखरामा ‘फेसन सो’ हुने भएको छ । एसएपी इन्टरटेन्मेन्टले साउन १८ गते ऐतिहासिक तथा सांस्कृतिक सम्पदासहितको पहिरन र्‍याम्प ‘हेरिटेज अफ फेसन नेपाल’मा उतार्न लागेको हो ।

परम्परागत फेसन सोभन्दा पृथक शैली अपनाएर पुरातात्विक सम्पदालाई चिनाउन लागेको इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनले भने, ‘विभिन्न धरोहर, पुर्ख्याैली परिहन लगायत झल्किने गरी फेसन सोमा प्रदर्शन हुनेछन् ।’ उनले र्‍याम्पमा २७ जना मोडलले प्रस्तुति दिने जानकारी दिए ।

फेसन सो ‘बुद्ध वाज बर्न इन नेपाल’, निर्माण-कन्स्ट्रक्सन अफ हेरिटेज’, ‘नेपाल सौन्दर्य’, दरबार गरी ४ सिक्वेन्समा प्रस्तुत गरिने अधिकारीले जानकारी दिए ।

उनले फेसन सोका लागि काठमाडौंबाट फेसन डिजाइनर जानकी कडायत, देविना भट्टराई, तेजु मगर, सुपी रसाइली आउने बताए । ‘काठमाडौंबाट आएका डिजाइनरले पोखरा र चितवनका मोडललाई थिम पहिरन डिजाइन गर्नेछन्,’ उनले भने ।

कार्यक्रममा गायक धिरज मगरसँगै गायिका मिलन नेवार र प्राप्ति तुलाचनको प्रस्तुति रहनेछ । कार्यक्रमको सो स्टपरका रुपमा कलाकार प्रशान्त ताम्राकार सहभागी हुने एएसएपीले जनाएको छ । यही कार्यक्रम अस्ट्रेलियाको सिड्नीमा पनि गर्ने योजना रहेको अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment