
वितरण कम्पनी एफडीले अहिले धमाधम ठूला चलचित्रको वितरणको जिम्मा लिइरहेको छ । हरेक दिनजसो एफडीले नयाँ नयाँ चलचित्रको वितरणमा कदम अगाडि बढाएको छ । एफडीको यो नयाँ शैली हो भनेर वुझ्न सकिन्छ ।
यसैविच, एफडी कम्पनीले चलचित्र ‘च च हुई’को पनि वितरण गर्ने भएको छ ।
नायक आर्यन सिग्देल र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको यो चलचित्र मंसिर ६ गतेबाट रिलिज हुने भएकोछ । साम्तेन भुटियाको निर्देशनमा बनेको चलचित्रमा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको पनि अभिनय छ ।
‘एजीएल इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको ‘च च हुई’लाई सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । चलचित्रमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ । चलचित्रलाई सुशन प्रजापतिले खिचेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4