+
+
WC Series
कर्णाली याक्स 2025
8/0 (0.5)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

ओलीले ल्याए ‘तिम्रा माताजीलाई नमस्ते’ : प्रियंका, आर्यन, कविता फिचर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १६:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरोज ओलीले चार वर्षपछि गायनमा फर्केर नयाँ गीत 'तिम्रा माताजीलाई नमस्ते' सार्वजनिक गरेका छन्।
  • गीतमा ओलीको शब्द र दीपक शर्माको संगीत रहेको छ भने भारतीय गायिका भूमी त्रिदेवीले महिलाको आवाजमा साथ दिएकी छिन्।
  • गीतको भिडियोमा आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली र प्रेमा लाम्गादे प्रस्तुत छन् र नृत्य निर्देशन किरण थापाले गरेका छन्।

काठमाडौं । सरोज ओली ४ बर्षपछि गायनमा फर्किएका छन् ।

‘माछीले खाने खोलिको लेउ’, ‘जता जता पिरतीको बाटो’, ‘ए है माया’, ‘माया गरौँला’ लगायतका सुपरहिट गीत गाएका ओलीको आवाजमा रहेको नयाँ गीत ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक भएको छ ।

ओलीको शब्द र दीपक शर्माको संगीत रहेको गीतमा भारतीय गायिका भूमी त्रिदेवीले महिलाको आवाजमा साथ दिएकी छिन् ।

किरण थापाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा गायक ओलीको साथमा आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली, प्रेमा लाम्गादे प्रस्तुत छन् ।

ठूलो सेटमा खिचिएको डान्सिङ बिटमा तयार पारिएको भिडियोले दर्शकको मन जित्ने देखिन्छ । पवन सुस्लिङ्गले गीतको भिडियोको छायांकन तथा सम्पादन गरेका छन् ।

प्रियंकासँग ओलीले ‘हरिबहादुरको जुत्ता’ फिचर फिल्मसहित म्युजिक भिडियोमा सहकार्य गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?