Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म 'बानी' पुस १० गते रिलिज हुने तयारीमा छ।
- फिल्ममा आर्यनले नेपाली युवाको भूमिका र करुणा श्रेष्ठले सिक्किमेली युवतीको भूमिका निभाएकी छन्।
- फिल्ममा दिनेश क्षेत्रीको शब्द, संगीत र स्वर रहेको छ भने निर्देशन सुब्रत आचार्यले गरेका छन्।
काठमाडौँ । अभिनेता आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’ आउँदैछ । त्यसअघि निर्माताले टिजर सार्वजनिक गरेका छन् ।
सार्वजनिक टिजरमा सिग्देल भिन्न लुक्समाछ छन् । उनीसँगै करुणा श्रेष्ठ पनि फिचर्ड छिन् ।
यो फिल्ममा नेपाली युवा र सिक्किमेली युवतीबीचको बियोगान्त कथा पेश गरिएको छ । आर्यनले नेपाली युवाको भूमिकामा अभिनय गरेका छन् । करुणाले सिक्किमेली युवतीको रोलमा अभिनय गरेकी छन् ।
टिजरले फिल्मको कथावस्तुलाई संक्षिप्तरुपमा दर्शाउँछ । प्रेमपछि आउने उतारचढावलाई रोचक ढंगलबाट प्रस्तुत गरिएको छ । फिल्ममा दिनेश क्षेत्रीको शब्द, संगीत र स्वर छ ।
फिल्ममा सविन कट्टेल र सुस्मिता श्रेष्ठको पनि अभिनय छ । फिल्मको निर्देशन भने सुब्रत आचार्यले गरेका हुन् । यो फिल्म पुस १० गते रिलिज हुने तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4