Comments Add Comment

‘कबड्डी ३’को ‘दुबो फुल्यो’लाई लाग्यो चोरीको आरोप

अहिले लोक लयमा बनेका चलचित्रका गीत हुन् या लोकगीत नै किन नहुन्, चोरीको आरोपबाट मुक्त हुन सकेका छैनन् । कहिले विदेशी त कहिले स्वदेशी गीतबाट नै गीत चोरीको आरोप लागेर मुद्दा र उजुरी समेत पर्न थालेको छ ।
यसैविच, सोमबार सार्वजनिक भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ‘दुबो फुल्यो’ बोलको गीतलाई पनि चोरीको वात लागेको छ ।

यस्तो छ आलोकश्रीको संगीतमा तयार ‘कहिले फोटो सिरानीमा’ गीत

संगीतकार आलोकश्रीले आफूले सिर्जना गरेको ‘कहिले फोटो सिरानीमा’ बोलको गीतबाट ‘दुबो फुल्यो’ चोरिएको आरोप लगाएका छन् । गीत सुन्दा पनि उस्तै उस्तै नै लाग्छ । एसडी योगीले ‘कबड्डी ३’को संगीत गरेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै आलोकश्रीले भने–‘मलाई चलचित्रको टिमले नै फोन गरेर गीत मिल्न गएको र अब कसरी अगाडि बढ्न सकिन्छ भनेर कुरा गर्नुभएको छ । आज मलाई निर्देशक रामबाबु गुरुङले भेट्दै हुनुहुन्छ । गीत नमिलेको भए उहाँहरुले किन फोन गर्नुहुन्थ्यो र ?’

उनले आफूले चर्चाका लागि मात्रै यो नगरेको बताए । भने–‘मेरो यति लामो सांगीतिक करिअर छ । कसैको गीतलाई यसरी हुबहु चोर्न त भएन नी । उहाँहरु सहमतीमा आउनुभयो भने ठिक छ । नत्र कानुनी उपचार खोज्छु ।’
यो बिषयमा ‘कबड्डी ३’का संगीतकार एसडी योगीसँग कुरा गर्न खोज्दा उनको फोन उठेको छैन ।

‘कबड्डी कबड्डी कबड्डी’को चोरीको आरोप लागेको गीत यस्तो छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment