+
+
Shares

इटहरीका मेयरको नयाँ अभियान : पोखरी खोज्दै माछाका भुरा हाल्दै

माछा पालेर उपमहानगरपालिकाको आम्दानी बढाउने दाबी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते २०:०६

७ साउन, इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक स्थानमा रहेका तर व्यक्तिले उपभोग गरिरहेका पोखरी उपमहानगरको मातहतमा ल्याउने अभियान सुरु गरेका छन् ।

त्यस्ता पोखरीहरु व्यक्तिले प्रयोग गरिरहेको भन्दै मेयर चौधरीले पोखरीमा माछाका भुरासमेत हाल्ने कामसमेत थालेका छन् ।

जमिन्दारहरुले पचासांै बर्षदेखि भोगचलन गर्दै आएका पोखरी उपमहानगर मातहत ल्याएर माछाका भुरा हाल्न थालिएको इटहरी उपमहानगरपालिकाले जनायो ।

यसक्रममा मंगलबार इटहरी ४ को चौधरी टोलस्थित साढे पाँचकठ्ठा क्षेत्रफलमा फैलिएको पोखरीमा मेयर चौधरीले ९ पोका माछाका भुरा हालेका छन् ।

त्यसैगरी इटहरी १८ स्थित १० कठ्ठा क्षेत्रफलको डकाहा पोखरीमा १० पोका माछाका भुरा हालिएको इटहरुी उपमहानगरपालिकाले जानकारी दियो ।

अन्य वडाका सार्वजनिक पोखरीहरुमा समेत माछाका भुरा हालिने मेयर चौधरीले बताएका छन् । ती पोखरीमा माछापालन गरेर उपमहानगरको आम्दानी वृद्धि गरिने मेयर चौधरीको भनाइ छ ।

मेयर चौधरीले पदीय जिम्मेवारी सम्हाल्नासाथ इटहरी उपमहानगरभित्र मिचिएका सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान चलाएका थिए । वीचमा रोकिएको सार्वजनिक जग्गा खोजी अभियान बुधबारदेखि पुनः सुरु हुने उपमहानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?