+
+
Shares

रुपन्देहीमा विषालु च्याउ खाँदा १६ जना बिरामी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १० गते १८:५७

१० साउन, बुटवल । रुपन्देहीमा विषालु च्याउ खाँदा दुई घरपरिवारका १६ जना बिरामी परेका छन् ।

जिल्लाको रोहिणी गाउँपालिका-१ चनुली र सम्मरीमाई गाउँपालिका-५ थुमुवा पिपरहवामा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी परेका हुन् । सबै बिरामीको भैरहवामा रहेको भीम अस्पतालमा उपचारत भइरहेको छ ।

रोहिणीको चनुलीमा नदी किनारमा उम्रिएको च्याउ खाएपछि लोहार परिवारका ७ जना र सम्मरीमाई गाउँपालिका-५ थुमुवा पिपरहवामा घर नजिकै उमि्रएको च्याउ खाएपछि हरिजन परिवारका ९ जना बिरामी परेको अस्पतालले जानकारी दिएको छ ।

उपचारत दुई परिवारका १६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका चिकित्सक डा. त्रिलोचन पन्थीले जानकारी दिए ।

केही दिनअघि पनि रोहिणी गाउँपालिका-२ मा विषालु च्याउँ खादाँ ९ जना बिरामी परेका थिए ।

वर्षायाममा जंगलमा उमि्रने च्याउ नखान चिकित्सकहरुले आग्रहसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?