Comments Add Comment

 टोखा-छहरेको सडक यात्राः मृत्युसँग पौँठाजोरी

११ साउन, काठमाडौं । काठमाडौंको टोखाबाट नुवाकोटको छहरे पुग्ने सडकलाई चीनको रसुवागढी नाकासँग द्रुतमार्गमार्फत जोड्ने सरकारी लक्ष्य छ । तर, यो सडकखण्ड हाल सरकारी बेवास्ताको शिकार बनेको छ ।

पर्यटकीय टोखा र झोर हुँदै नुवाकोट जाने यो सडकमा अहिले सवारी लिएर हिँड्नु मुत्युलाई जिस्काए जस्तै छ । किनभने यो सकडको विभिन्न खण्डमा सडकको हालत यति खराव छ कि धेरैजसो सवारी त बीचबाटोबाटै फर्किन बाध्य हुन्छन् ।

तर, अत्यावश्यक सामान ढुवानी गर्ने, यात्रु बोक्ने सार्वजनिक सवारी र बिरामी लिने र पुर्‍याउन पुग्ने एमबुलेन्सलाई बीचबाटोबाट फर्किन छुट छैन । यस्तो सडकमा ज्यानको जोखिम मोलेरै यात्रा गर्न बाध्य छन्, स्थानीय बासिन्दाहरु ।


छहरे-टोखा मार्ग बिग्रँदा सवारी आवागमन मात्रै कठीन बनेको छैन, स्थानीयलाई बाटो हिँड्न सकेत समस्या छ । विस्तार तथा सुधारको क्रममा रहेको यो बाटोमा विभिन्न स्थानमा जमेको हिलो सफा गरेर सवारी आवागमन सहज गर्ने विषयमा कसैको ध्यान नपुगको स्थानीयबासीको गुनासो छ ।

यो हिलाम्मे दिनमा दर्जनौं सवारी फस्ने गरेका छन् । जसले घन्टौं सवारी जाम हुने लगायतकाक समस्या पनि बढेका छन् । ठेकेदार कम्पनी र सडक विभागलाई जति दबाव दिँदा पनि अवस्था नसुधि्रएको स्थानीयहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment