Comments Add Comment

मिरुना र नीताको दाबी–‘हामीविच डाहा छैन’

साउनको २४ गते नायिका मिरुना मगर र नीता ढुंगानाको मुख्य भूमिका रहेको चलचित्र ‘साइनो’ रिलिज हुँदैछ । यो चलचित्रमा मिरुना आधुनिक यूवतीको भूमिकामा छिन् भने नीतालाई गाउँकी यूवतीको भूमिकामा देखाइएको छ ।
दुबै नायिकाले यो चलचित्रका लागि निकै नै मिहिनेत गरेको बताए । नीताको प्रशंसा गर्दै मिरुनाले भनिन्–‘उहाँले त कालिञ्चोकको चिसोमा लड्दै उठेर काम गर्नुभएको छ । उहाँबाट मैले धेरै कुरा सिकेकी छु ।’

मिरुना र नीताले चलचित्रमा आफूहरुले काम गर्दा धेरै कुरा सिकेको तर एकले अर्काको डाहा भने नगरेको खुलाए । दुबैले भने–‘त्यस्तो डाहा गर्ने कुरा नै छैन नी । हामीले एक अर्काबाट धेरै कुरा सिकेका छौ । दुबैले आफ्नो भूमिकालाई मिहिनेतका साथ शत प्रतिशत निर्वाह गरेका छौ ।’

नीताका अनुसार, यो चलचित्रलाई मल्टिप्लेक्स र सिंगल दुबै हलमा पुग्ने दर्शकले मन पराउनेछन् । चलचित्रबाट आशावादी हुनुहुन्छ नी भन्ने प्रश्नमा मिरुनाले भनिन्–‘म त एकदमै आशावादी छु । हामीले चलचित्रलाई सबै खालका दर्शक सुहाउने बनाएका छौ । यो भेज मःम हो ।’

नायिका ढुंगानाले पनि चलचित्रलाई कुनै हल केन्द्रित दर्शकका लागि भन्दा पनि सबैका लागि बनाएको स्पष्ट पारिन् । उनले, चलचित्रको व्यापार कस्तो हुन्छ भनेर अड्कल लगाउन नसकिने भन्दै उत्कृष्ट चलचित्र बनाउन कुनै कसर बाँकी नराखिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment