Comments Add Comment

बागलुङमा पहिरोले घर पुरियो, १ को मृत्यु, २ बेपत्ता

२० साउन, काठमाडौं । बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ । अन्य २ जना हराइरहेका छन् ।

अविरल वर्षापछि गएराति आएको पहिरोले घर पुरिँदा ४५ वर्षीया पञ्चकुमारी श्रीपालीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, बागलुङले दिएको जानकारी अनुसार, पहिरोमा परी २ जना हराइरहेका छन् । पहिरोमा लाम्मेलाकी असारी श्रीपाली र उनका १२ वर्षीय छोरा प्रवीण बेपत्ता भएका हुन् ।

त्यस्तै पहिरोमा परेर छ जना घाइते भएका छन् । उनीहरूलाई प्रहरी र स्थानीयले उद्धार गरेर अस्पताल पठाउने तयारी गरेका छन् ।

घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले अहिले हराइरहेकाहरूको खोजी कार्य गरिरहेको छ ।

पहिरोले ५ घरमा क्षति पुगेको छ । करिब १ सय ५० मिटर माथिबाट खसेको पहिरोले घरमा क्षति पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment