Comments Add Comment

‘कबड्डी कबड्डी कबड्डी’को शिर्ष गीत सार्वजनिक

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को शिर्ष गीत रिलिज भएको छ । सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माले स्वर दिएका छन् । गीतको शब्द पनि बाँस्कोटा र शर्माले नै तयार गरेका हुन् । बैजु कर्मचार्यको निर्देशनमा बनेको भिडियोमा गायकद्धय कालीप्रसाद र अनुपम फिचर छन् । भिडियोको कन्सेप्ट पनि कालीप्रसाद कै हो । गीतमा संगीत भने श्रृजना सन्नी सुमनले दिएका छन् ।

असोज ३ गतेबाट रिलिज हुने यो चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, बुद्दि तमाङ, विल्सन बिक्रम राई, विजय बराल लगायतको मुख्य भूमिका रहेको छ । सिनेमा आर्टको ब्यानरमा बनेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्रको पटकथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।

मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारको लगानी रहेको चलचित्रमा रुदेन सदा लोप्चा सह–निर्माताको रुपमा रहेका छन् । शैलेन्द्र डी कार्कीले खिचेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment