
२८ साउन, काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।
उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूतावासले अस्वीकार गरेको छ ।
‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।
Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal
— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019
आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।
सन्दीपका म्यानेजर रमन सिवाकोटीकाअनुसार लिगका खेलहरु विभिन्न शहरमा हुने भएकाले अमेरिकी भिसा हुँदा आउजाउ गर्न सहज हुन्थ्यो । साथै दोस्रो चरणका खेलहरु फ्लोरियामा हुने सम्भावना भएकाले अमेरिकी भिसा लिन खोजिएको थियो ।
तर दूताबासले भिसा दिएन ।
सन्दीपले बार्बाडोस ट्रिडेन्टसबाट क्यारेबियन लिग खेल्नेछन् । सेप्टेम्बर ४ तारिखबाट सुरु हुने लिगका लागि उनी अगस्ट अन्त्यसम्म पुगिसक्नुपर्छ ।
प्रतिक्रिया 4