
२७ साउन, काठमाडौं । हङकङमा सरकार विरोधी प्रदर्शनकारीहरुले अन्तर्राष्ट्रिय विमानस्थल ‘कब्जा’ गरेका छन् ।
हङकङ अन्तराष्ट्रिय हवाई अड्डाको टर्मिनल सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले भरिएको छ । यससँगै सबै उडान रद्द भएको छ । १०० बढी विमान उड्न सकेको छैन ।
यो विमानस्थल विश्वको सबैभन्दा व्यस्त मानिन्छ ।
सरकारले ल्याएको सुपर्दुगी विधेयकलाई लिएर हङकङमा सरकारविरोधी प्रदर्शन सुरु भएको थियो ।
तर हङकङ सरकारकी प्रमुख क्यारी ल्यामले माफी माग्दै विधेयक फिर्ता लिएपछि पनि प्रदर्शन रोकिएको छैन । क्यारीले राजीनामा दिनुपर्ने प्रदर्शनकारीको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4