Comments Add Comment

टाइगर श्राफलाई प्रश्न-के तपाई भर्जिन हो ?

बलिउडमा चकलेट ब्वाइको इमेज बनाएका अभिनेता हुन् टाइगर श्राफ । त्यसो त उनले आफूलाई एक्सन हिरोको रुपमा समेत स्थापित गराइसकेका छन् । यसबाहेक उनी अभिनेत्री दिशा पाटनीसंगको रिलेशनशीपलाई लिएर पनि चर्चामा आइरहन्छन् ।

यसैबीच, हालै मात्र उनी एउटा समस्यामा फसेका छन् । हालै मात्र सामाजिक सञ्जालमा एक जना प्रसंशकले उनलाई एउटा त्यस्तो प्रश्न सोधे, जसका बारेमा उनले कल्पनासमेत गरेका थिएनन् ।

वास्तवमा टाइगरले इन्स्टाग्राममा ‘आस्क मि एनिथिङ’ सेसनमा प्रसंशकसँग कुराकानी गरिरहेका थिए । त्यसैक्रममा थुप्रै व्यक्तिहरुले आफ्ना रमाइला तथा व्यक्तिगत प्रश्नहरु समेत सोधे ।

त्यसैक्रममा एक जना प्रसंशकले टाइगरलाई एउटा प्रश्न सोधे-‘के तपाईं भर्जिन हो ?’ उक्त प्रश्नमा टाइगरको जवाफ थियो-‘ओइ लाज नभएको मान्छे, मेरो ममी र बुवाले पनि मलाई फलो गर्नु भएको छ ।’

त्यतिमात्रै होइन, जब अभिनेत्री दिशा पटानीसँग उनको रिलेशनशिपको बारेमा जिज्ञासा राखियो, त्यसको जवाफमा उनले भने-‘मेरो औकात पुग्दैन भाइ ।’

पछिल्लो समय टाइगर फिल्म ‘बागी-३’ मा देखिने छन् । उक्त फिल्ममा उनी पुनः एक पटक अभिनेत्री श्रद्धा कपूरसँग देखिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment