+
+
Shares

भ्रष्टाचार आरोपी मालपोतका पूर्वनासुद्वारा आत्महत्या

सुसाइड नोटमा लेखे-अख्तियार प्रमुख घिमिरेको दुई सय वर्ष आयु होस्

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते २१:०४

२७ साउन, काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको घटनामा दोषी देखिएका मालपोत कार्यालय, कलंकीका पूर्वनायब सुब्बा हरिप्रसाद आचार्यले आत्महत्या गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले उनीसहित ७ जनाविरुद्ध ३ जेठमा भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएपछि स्वेच्छिक अवकाश लिएका आचार्यले शनिबार राति आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका डीएसपी हरिकृष्ण केसी भन्छन्, ‘घटनाको अघिल्लो दिन काठमाडौंबाट आउने वित्तिकै उहाँ हराउनु भएको सूचना हामीलाई प्राप्त भएको थियो । त्यही आधारमा खोजी थालेका थियौं ।’

तर, भोलिपल्ट विहान आचार्यलाई घरबाट एक किलोमिटिरको दूरीमा रहेको शिखरखुट्टे जंगलमा झुण्डिएको अवस्थामा भेटिएको डीएसपी केसीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार, सखुवाको रुखमा प्लास्टिकको डोरीले उनी झुण्डिएका थिए ।

सुसाइड नोटमा अख्तियार प्रमुखको नाम

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार केसीको गोजीमा दुई पन्ने सुसाइड नोट पनि भेटिएको छ । ‘स्पाइरल कपीको दुईवटा पृष्ठमा उहाँले अघिल्लो दिनको मिति राखेर नोट लेख्नु भएको छ,’ अनुसन्धान अधिकृत भन्छन्, ‘हामीले नोटको वैज्ञानिक परीक्षण पनि गर्नेछौं ।’

केसीले सुसाइड नोटमा भनेका छन्, ‘सतीले सपारेको देश रहेछ, मैले दुई पैसा पनि खाएको छैन । तर, म देशको ठूलो भ्रष्टाचारी भए, अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २ सय वर्ष होस्, म जस्तो निर्दोषलाई विशेष अदातलमा मुद्दा छ ।’

प्रहरीका अनुसार, नोटमा उनले परिवारका सदस्यलाई पनि विभिन्न किसिमका निर्देशन दिएका छन् । श्रीमतीलाई उनले कान्छो छोरासँगै काठमाडौंंमा बस्न भनेका छन् भने आफ्नो नाममा पुराण नलगाउन पनि भनेका छन् ।

उनले भैंसी र खसी जतिमा बिक्री हुन्छ, बेचेर सहयोग गरिदिन पनि आफन्तलाई आग्रह गरेका छन् । सुसाइड नोटमा उनले बैंकमा खासै पैसा नभएको पनि बताएका छन् । ‘वाणिज्य, नेपाल, एनसीसी, एनआईसीलगायतमा के कति पैसा छ, मैले चेक दराजमा राखेको छु’, उनले लेखेका छन् ।

उनले छोरालाई स्नातक पढाउन नसकेकोमा पछुतो लागेको पनि उल्लेख गरेका छन् । साथै, संगठनका साथीहरुले आफूलाई बुझ्ने पनि बताएका छन् ।

के थियो मुद्दा ?

आयोगका अनुसार, सावित बाडभन्ज्याङ गाविस-३ को पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहको सरकारी जग्गा व्यक्तिको स्वामित्वमा गएको विषयमा छानबिनका क्रममा उनी दोषी देखिएका थिए ।

उक्त जग्गा व्यक्तिको स्वामित्वमा रहेको सुयल हाउजिङ्ग कम्पनीका नाममा मालपोत कार्यालय, कलंकीले गैरकानुनी श्रेस्ता खडा गरेर पूर्जासमेत उपलब्ध गराएको उजुरी परेको थियो ।

घटनामा मालपोत अधिकृत शिवप्रसाद रिमालसहित अन्यविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही भएको थियो । उनीहरुले त्यसबेलाको न्यूनतम सरकारी मूल्यांकनअनुसार दुई करोड २१ लाख १० हजार रुपैयाँ पर्ने सरकारी जग्गा हडप्ने  उद्देश्यले गैरकानुनी कार्य गरेको अख्तियारको ठहर थियो ।

आयोगले नक्कली जग्गा धनी मिनाकुमारी थापा, कम्पनीका सञ्चालक रामकुमार सुयल थापा, नक्कली जग्गा धनी मिनाका वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम शर्मा रेग्मी र योगेन्द्र पोखरेलविरुद्ध मुद्दा दायर गरेको थियो ।

यसअघि साउन पहिलो साता त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अनियमिततामा मुछिएका पूर्वसह-सचिव रामबहादुर पाण्डे र बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वनासु युक्तप्रसाद श्रेष्ठले पनि आत्महत्या  आत्महत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?