+
+
Shares

बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वनासुद्वारा आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १२ गते १८:०१

१२ साउन, काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् ।

माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट उनले हामफालेर आत्महत्या गरेका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले श्रेष्ठ मृत भेटिएको पुष्टि गरे ।

‘सपिङ सेन्टरको रेलिङमा चढेर हाम फालेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर भएको थियो’, बोगटीले अनलाइनखबरसँग भने, ‘त्यहाँबाट उपचारका लागि पिपुल्स हस्पिटलमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।’

श्रेष्ठ नेपाली कांग्रेस पर्वत जिल्ला कार्य समिति सचिव पनि हुन् ।

यसअघि ३ साउनमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अनियमिततामा मुछिएका पूर्वसह–सचिव रामबहादुर पाण्डेले पनि त्रिपुरेश्वरको राधा भवनबाट हामफालेर आत्महत्या गरेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?