Comments Add Comment

यस्तो छ भारु तीन सय करोड खर्चिएर बनाइएको ‘साहो’को ट्रेलर

भारु तीन सय करोड खर्चिएर बनाइएको, त्यसमा पनि निर्माणकै लागि दुई बर्ष लगाइएको फिल्म हो, साहो । यो फिल्म घोषणा भएदेखि नै चर्चामा छ । चर्चामा हुनुको कारण यसको उच्च बजेट मात्र होइन, यसमा अभिनित कलकारहरु पनि हुन् । बाहुबली फेम अभिनेता प्रभासलगायतले यसमा अभिनय गरेका छन् ।

मल्टीस्टारर तथा बहुप्रतिक्षित फिल्म ‘साहो’ को बहु प्रतिक्षित ट्रेलर सार्वजनिक भएको छ । उक्त एक्सन प्याक्ड टे्रलरमा अभिनेता प्रभासलाई डरलाग्दो स्टन्ट दृष्यमा देख्न सकिन्छ । फिल्ममा हलिउडलाई समेत टक्कर दिने शैलीको भिएफएक्स देख्न सकिन्छ ।

टे्रलरबाट के स्पष्ट छ भने यो फिल्म एक्सन, स्टन्ट तथा सस्पेन्सले भरिएको छ । यससँगै अभिनेता प्रभास तथा श्रद्धा कपूरको बीचको रोमान्सले पनि प्रसंशकहरुको एक्साइटमेन्ट बढारहेको छ । उडिरहेका कार, तिब्र गतिले दौडिरहेको मोटरबाइक, बमबारी, कार चेजिङ तथा डरलाग्दा एक्सन जस्ता दृष्यहरु यसअघिका बलिउडका फिल्ममा बिरलै देख्न पाइएको थियो ।

रोचक कुरा के छ भने यो फिल्मको निर्माणमै करिव दुई वर्षको समय लागेको छ । यसलाई बलिउडकै सबैभन्दा ठूलो तथा महंगो फिल्म भनिएको छ । यो फिल्ममा थुप्रै महंगा एक्सन सिक्वेन्सहरु छायांकन गरिएका छन् ।

ट्रेलरमा समावेश गरिएको ब्याग्राउण्ड स्कोर एक्सन सिक्वेन्ससँग निकै मेल खाएको छ । फिल्मको एक्सन दृष्य निकै प्रभावकारी देखिएको छ । प्रभासका अतिरिक्त अभिनेत्री श्रद्धा कपूर पनि पहिलो पटक यसरी एक्सन अवतारमा देखिएकी हुन् । यसअघि उनले फिल्म बागीका केही एक्सन सिन गरेकी थिइन् ।

प्रभास तथा श्रद्धा कपूरका अतिरिक्त ज्याकी श्राफ, महेश मंजरेकर, चंकी पाण्डे, नील नितिन मुकेश आदि कलाकारका लूक पनि निकै स्टाइलिश तथा आकर्षक देखिएको छ । निर्देशक सुजीतको यो पहिलो हिन्दी, तमिल तथा तुलगू भाषाको फिल्म हो, जुन ३० अगष्ट २०१९ का दिन सिनेमा हलहरुमा प्रदर्शन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment