+
+
Shares

रास्वपाले केन्द्रीय कार्यालय सार्ने, घर खोजीका लागि गर्‍यो अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते २०:५१

१७ असोज, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय कार्यालयका लागि जमिन/घर खोजी गर्नका लागि पार्टी सदस्य र शुभेच्छुकहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी गराएका छन् ।

उनका अनुसार, पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै शनिबारको बैठकले सो निर्णय गरेको हो ।

‘पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै पार्टीको लागि जमिन/घर किन्न काठमाडौं उपत्यकाको पायक पर्ने स्थानमा खोजी गर्न पार्टीका सदस्य तथा शुभेच्छुकहरुलाई केन्द्रीय समिति बैठकले अनुरोध गरेको छ,’ पार्टीको निर्णयमा भनिएको छ ।

अहिले रास्वपाको केन्द्रीय कार्यालय रहेको भवन वनस्थलीमा छ ।

करिब १ वर्षअघि घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका थिए ।

रास्वपाले उक्त घर देवकोटासँग भाडामा लिएको थियो ।

लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको ०८२ असोज १० गते देवकोटाले अनलाइनखबरसँग भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?