+
+

ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बढाउन इसेवाको सक्षमसँग साझेदारी, क्यास पोइन्ट प्रणाली बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३० गते १३:००

इसेवा क्यास पोइन्टको तर्जुमा, विकास तथा कार्यान्वयन गर्नको लागि ईसेवा फोनपे प्रालिले युके एडको सक्षम (एक्सेस टु फाइनान्स) सँग साझेदारी गरेको छ। साझेदारी गर्ने सम्झौतापत्रमा इसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडो सक्षमका टोली प्रमुख निर्मल दाहालले हस्ताक्षर गरेका छन्।

सम्झौतामार्फत् स्थापित गरिएका इसेवा क्यास पोइन्टले डिजिटल माध्यममार्फत् ग्रामीण उपभोक्ताहरुलाई वित्तीय सेवाहरु प्रदान गर्नेछन्। यस परियोजनाको उद्देश्य वित्तीय सेवाहरुमा आम नागरिकहरुको पहुँच वृद्धि गर्नुका साथै सम्पूर्ण वित्तीय सेवामा पहुँच नभएका वा कम भएका नागरिकहरुमा नवीन डिजिटल वित्तीय सेवाहरुको पहुँच बढाउने कामको प्रवद्र्धन गर्ने रहेको छ।

समझदारीपत्रमा हस्ताक्षर गर्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले डिजिटल माध्यमबाट ग्रामीण भेगका बासिन्दालाई वित्तीय सेवामा पहुँच प्रदान गर्नको लागि युके एडको सक्षमसँग साझेदारी गर्न लागेको जानकारी दिए। उनले इसेवा क्यास पोइन्टको प्रणाली स्थापित गर्ने र यसबाट ग्रामीण भेगमा कम सेवा पाइरहेका वा सेवा नै नपाइरहेका उपभोक्तालाई उत्कृष्ट वित्तीय समाधानहरु प्रदान गरिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?