Comments Add Comment

एसपी चिनेको छु भन्दै पैसा असुल्न खोज्ने पक्राउ

१ भदौ, पोखरा । पोखरा महानगरपालिका वडा नं १८ बस्ने विनोदबहादुर भट्टराईलाई साउन १ गते तीन जना मिलेर कुटपिट गरे ।

कुटपिटबाट उनको टाउको गहिरो चोट लाग्यो र कुरा प्रहरी कार्यालयसम्म पुग्यो । उनकै बयानका आधारमा प्रहरीले ३ जना आरोपितलाई नियन्त्रणमा लिई अनुन्धान थाल्यो ।

विषय अनुसन्धानकै क्रममा थियो । प्रहरीले कुटपिटमा संलग्न ३ जनालाई कानुनबमोजिम मुद्दा लगाउने तयारी पनि थालिसकेको थियो । तर, त्यहीबेला भट्टराईले नयाँ भूमिका खेले । उनले प्रहरीले नियन्त्रणमा लिएका ती ३ जना आरोपितका परिवारलाई भेटे र भन्न थाले, ‘मैले कास्कीका एसपी, डिएसपी चिन्या छु । मलाई ३ लाख ५० हजार रुपैयाँ देऊ केश मिलाइदिन्छु ।’

जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख दानबहादुर कार्कीले भट्टराईको भनाइ उधृत गर्दै अगाडि भने, ‘यो ज्यानमारा केशमा पनि जान सक्छ । ३ वर्ष त जेल हुन्छ । तरुन्त मलाई पैसा ल्याऊ । कुरा मिलिहाल्छ ।’ प्रहरीले भट्टराईलाई लागेको चोटको भरपाई गरी उनलाई न्याय दिलाउने गरी काम गरिरहेको थियो । तर, उनले उल्टै प्रहरीको बदनाम गर्नतिर लागे ।

प्रत्येक दिनजसो भट्टराईले आरोपितका परिवारसँग ‘बार्गेनिङ’ गर्न थालेपछि उनीहरुले प्रहरीलाई खबर गरे । प्रहरीले उनलाई साउन २६ गते पक्राउ गरेको छ । उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।

‘पटकपटक कास्कीका एसपी डिएसपी चिन्या छु भन्दै पैसाको मोटो रकम माग्दै आएका रहेछन्,’ एसपी कार्कीले भने, ‘अहिले हामीले पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइसकेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment