+
+
Shares

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३१ गते २०:०९

३० साउन, काठमाडौं । पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, चितवनले पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।  चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ ।

लामिछानेलाई अदालतमा उपस्थित गराउनुअघि उनका समर्थकले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले लामिछानेको यथाशिघ्र रिहाइका लागि माग गरेका थिए ।

भिडका बीच प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।

बिहीबार साँझ लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनबाटै गिरफ्तार गरिएको थियो भने कलंकीबाट अस्मिता कार्कीलाई पक्राउ गरिएको थियो ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?