+
+
Shares

प्रतिनिधिसभामा तीन प्रतिवेदन पेश

रासस रासस
२०७६ भदौ १ गते १६:५३

१ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा तीन वटा प्रतिवेदन पेश भएको छ ।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘वन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरेकी हुन् ।

यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठका तर्फबाट सांसद कृष्णगोपाल श्रेष्ठले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ र ‘२०७६ असार अन्तिम साता परेको अविरल वर्षाका कारण बाढी र डुबानबाट प्रभावित जिल्लाको स्थलगत निरीक्षण तथा अनुगमन प्रतिवेदन, २०७६’ पनि पेश गरे ।

गत वर्ष चैतमा बारा र पर्सा एवं त्यसपछि कैलाली तथा कञ्चनपुरमा गएको हावाहुरी क्षेत्रको स्थलगत अनुगमनको प्रतिवेदन पनि सँगै रहेको उनले सदनसमक्ष जानकारी गराए । सो क्षेत्रमा समितिले वैशाख ६ देखि ८ गतेसम्म अनुगमन गरेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?