Comments Add Comment

प्रधानमन्त्रीले भने– धैर्य गर्नुस्, निर्वाचनपछि मलाई पनि बस्न मन छैन

१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको दिएको जिम्मेवारीबाट सरकार नभाग्ने बताएका छन् । साथै उनले लोकतन्त्रप्रति सरकारको निष्ठामा अनावश्यक भ्रम नफैलाउन चेतावनीसमेत दिएका छन् ।

आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार जनताको निराशामा टेकेर वा एउटा भल छोपेर नबनेको बताए । आफ्नो पार्टीले अगाडि सारेको नीतिमा विश्वास गरेर जनताले सरकार गठन गर्ने जनादेश दिएको भन्दै उनले भने, ‘मैले कुनै भावावेशमा होइन भनेर किन भनिरहेको छु भने यस सरकारको लोकतन्त्रप्रतिको निष्ठामा अनावश्यक भ्रम फिजाउने प्रयास भइरहेको छ ।’

लोकतन्त्रका लागि आफूहरुको त्याग तपस्या अरुको भन्दा कम नभएको भन्दै उनले सरकार लोकतान्त्रिक भएन अधिनायकवादतर्फ गयो नभन्न सचेत गराए । ‘जनतामा निराशा पैदा गर्ने प्रयास नगर्दा राम्रो हुन्छ’ उनले भनेका छन्, ‘अहिलेको सरकारले लोकतन्त्रलाई सुदृढ गर्नेभन्दा यताउता जान सक्दैन ।’

कतिपयले ‘पद जाने भयो भनेर प्रधानमन्त्री लगलग कामेर बसेको छ’ भनेको सुनेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का अध्यक्षसमेत रहेका ओलीले भने, ‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । निवार्चनसम्म धैर्य गर्नुस् ।’

उनले जनताले दिएको जिम्मेवारीबाट सरकार भाग्छ भन्ने दिवासप्ना नदेख्न पनि आग्रह गरे ।

यो पनि पढ्नुहोस राजसंस्था फर्काउँछु भन्नु बेमौसमको बाजा : प्रधानमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment