+
+
Shares

शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १ गते १५:४५

१ भदौ, काठमाडौं । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

निर्माता छवि ओझाकी जेठी पत्नी हेमाले दिएको बहुविवाह मुद्दामा काठमाडौं जिल्ला अदालतले छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

आफूविरुद्ध जारी भएको पक्राउ पूर्जी खारेज गर्न माग गर्दै शिल्पा उच्च अदालत पाटन पुगेकी थिइन् । तर पाटनले जिल्ला अदालत काठमाडौंको पक्राउ पूर्जी रोक्न अस्वीकार गरेपछि उनी सर्वोच्च गएकी हुन् ।

सर्वोच्चले भने तत्काल पक्राउ नगर्न आदेश दिँदै भदौ १५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?