Comments Add Comment

खानेपानीका लागि सास्ती खेप्दै बाग्लुङको वस्ती

Photo Credit : File Picture

१ भदौं, काठमाडौं । मुलुक जलश्रोतका हिसावले दोस्रो धनी हो । देशमा जलश्रोतहरु धेरै छन् । गाउँगाउँमा खोलानाला छन् । तर हाम्रो मुलुकमा खानेपानी पाउन गाह्रो छ ।

अहिले पनि घण्टौं भारी बोकेर खानेपानीका लागि सास्ती खेप्नु ग्रामीण भेगका सर्वसाधारणका लागि सामान्य नै बनिसकेको छ । यस्तै समस्या खेपिरहेका छन्, बागलुङको जैमिनी नगरपालिका, ८ छिस्ती सेल्टापुका स्थानीय ।

१५ घरधुरी रहेको उक्त बस्तीका स्थानीय १ घण्टा टाढाबाट पानी बोकेर उपभोग गर्न बाध्य भएका छन् । धुस देखि हालको वडा कार्यालयसम्म जोड्ने मोटरबाटो खन्ने क्रममा ३ बर्षअघि कृषि सडकले बस्ती नजिक रहेको खानेपानी धारा पूर्ण रुपले क्षति बनाएपछि हालसम्म खानेपानी समस्या हुँदै आएको हो ।

३ बर्षसम्म पनि न वडा कार्यालयले खानेपानीको धारा र ट्यांकी निर्माण गर्न बजेट छुट्याइदिएको छ । न त अन्य निकायले नै सहयोग गरेका छन् ।

खानेपानी समस्या टार्न केटाकेटी र बुढाबुढी डोको बोकेर होँपदेरा खोला वा राधीखोलामा पानी ल्याउन पुग्नुपर्ने बाध्यता छ । मानव जीवनको अतिआवश्यक पिउने पानी, वस्तुभाउ र सरसफाइमा निकै समस्या हुँदै आएको स्थानीइ सरस्वती शर्माले बताइन् ।

उनले ३ बर्षदेखि पहुँचवाला व्यक्तिले खानेपानी समस्याबारे चासो नदिँदा आफुहरुले दुख पाएको गुनासो गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment