Comments Add Comment

प्रदेश ४

List Grid
गोरखाका ७६ ट्याक्सी चालकलाई ज्याकेट

१ असोज, गोरखा । ट्याक्सी चालकलाई ज्याकेट वितरण गरिएको छ । मनकामना यातायात सेवा प्रालिमा आवद्ध ७६ जनालाई बुधबार ज्याकेट वितरण गरिएको हो । ट्याक्सी चालकको पहिचानका लागि ज्याकेट वितरण गरिएको प्रालिका अध्यक्ष ताराबहादुर खड्काले बताए । ‘ज्याकेटले चालकको पहिचान पनि भयो,’ उनले भने, ‘थप जिम्मेवार पनि बनाउँछ ।’ व्यवहारमा पनि परिवर्तन हुने अपेक्षा गरिएको […]

गोरखा दरबारमा १६ महिनापछि राखियो परम्परागत शैलीको मूलढोका

२८ भदौ, गोरखा । ऐतिहासिक गोरखा दरबार पुनःनिर्माण शुरु भएको १६ महिनापछि शुक्रबार दरबारको मूलढोका राखिएको छ । आउँदो पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने दरबारको पुनःनिर्माणमा ढिलाइ हुँदा बल्ल मूलढोका राख्ने काम सकिएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए । दरबारमा पुरानै संरचनाअनुसार विधिपूर्वक परम्परागत शैलीको मूलढोका राखिएको छ । सूचना […]

जनतालाई गाउँमै बसुँबसुँ बनाउनुपर्छ : कांग्रेस नेता पौडेल

२५ भदौ, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको मर्म बुझ्न नसकेको बताएका छन् । राष्ट्रिय जागरण अभियानका अवसरमा कांग्रेस तनहुँले बुधबार दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले पनि बीपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताए । ‘बीपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर कांग्रेस कार्यकर्ताले बीपीको आदर्शलाई […]

पोखराका मेयरको विदेश मोह : पीएल सिंहको बाटोमा जिसी

१८ भदौ, पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको प्रतिवद्धता थियो, स्मार्ट सिटी । अहिले पोखराका सडकमा एम्बुस थापेजस्ता खाल्डैखाल्डा छन् । बसपार्क अव्यवस्थित छ । फोहोरमैला व्यवस्थापन भद्रगोल छ । तार ब्यवस्थापन गर्ने भनेर धुमधुम साथ सुरु गरिएको अभियान दस दिनमै फेल खायो । फेवाताल फराकिलो बनाउने भन्दै डोजर चलाए, त्यो पनि त्यत्तिकै सलायो […]

होर्डिङबोर्डले पोखरा कुरुप : व्यापारीको अटेरी, निरीह महानगर

८ भदौ, पोखरा । पोखरा महानगरपालिकाले होर्डिङ बोर्ड हटाउने निर्णय गरेको लामो समय बितिसक्दा पनि हटाउन सकेको छैन । व्यापारीले पनि नयाँ होर्डिङ बोर्ड निर्वाध राख्न रोकेका छैनन् । महानगरपालिकाले १५ दिने सूचना जारी गरेर फ्लेक्स होर्डिङबोर्ड हटाउन निर्देशन दिए पनि व्यापारीहरुले अटेर गर्दै आएका छन् । होर्डिङबोर्ड हटाउने महानगरको निर्णयविरुद्ध परेको रिट उच्च अदालतले […]

उपमेयरलाई गाडी, अरु जनप्रतिनिधिको पनि तलब बढ्यो

६ भदौ, पोखरा । चौतर्फी आलोचनाका बीच गण्डकी प्रदेशसभाले स्थानीय जनप्रतिनिधिको पारिश्रमिक तथा सुविधा थप गर्ने सम्बन्धी विधेयक पारित गरेको छ । स्थानीय जनप्रतिनिधिको पारिश्रमिक तथा सुविधासम्बन्धी केही कानुन संशोधन गर्न बनेको बिहीबार प्रदेशसभाले पास गरेको हो । राष्ट्रिय जनमोर्चा र समाजवादी पार्टी (तत्कालीन नयाँशक्ति)ले विधेयक संविधाविपरीत बनेको भन्दै खारेज गर्न माग गरेका थिए भने […]

सोनाशक्ति चामलमा अखाद्य पदार्थ नभएको पुष्टि

४ भदौ, गोरखा । अखाद्य पदार्थ भेटिएको भन्दै गोरखामा रोक लगाइएको रिपुराज एग्रो प्रालिद्वारा उत्पादित सोनाशक्ति चामल बिक्री वितरण खुला गरिएको छ । परीक्षण पश्चात चामलामा अखाद्य पदार्थ नभेटिएपछि बिक्री वितरणका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । केही समय अघि गोरखा नगरपालिका-७ नयाँबजारको जनमुखी सहकारी संस्थाले संचालन गरेको सुपथ मूल्य पसलबाट […]

खानेपानीका लागि सास्ती खेप्दै बाग्लुङको वस्ती

१ भदौं, काठमाडौं । मुलुक जलश्रोतका हिसावले दोस्रो धनी हो । देशमा जलश्रोतहरु धेरै छन् । गाउँगाउँमा खोलानाला छन् । तर हाम्रो मुलुकमा खानेपानी पाउन गाह्रो छ । अहिले पनि घण्टौं भारी बोकेर खानेपानीका लागि सास्ती खेप्नु ग्रामीण भेगका सर्वसाधारणका लागि सामान्य नै बनिसकेको छ । यस्तै समस्या खेपिरहेका छन्, बागलुङको जैमिनी नगरपालिका, ८ छिस्ती […]

शान्ति सम्झौतापछि झनै निराशा छाएको छ : पत्रकार खड्का

१ भदौ, पोखरा । तत्कालीन समयमा संघर्षरत विद्रोही माओवादी पक्ष र सरकार पक्षबीच १० वर्षे लामो सशस्त्र द्वन्द्व भयो । २०५२ सालदेखि सुरु भएको सशस्त्र युद्ध २०६३ सालमा आएरमात्रै विश्राम पायो । संघर्षरत विद्रोही पक्ष र सरकारबीच शान्ति सम्झौतापश्चात तत्कालीन विद्रोही पक्ष नेकपा माओवादी अहिले नेकपा एमालेसँग बाम गठबन्धन गरी  मुलधारको राजनीतिमा सक्रिय छ । […]

पोखराका वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्ने थापा पक्राउ

२९ साउन, काठमाडौं । पोखराको वडा कार्यालयहरुमा श्रृखलाबद्ध चोरी गर्दै आएका व्यक्ति पक्राउ परेका छन् । काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापा पक्राउ परेका हुन् । उनले एक वर्षको अवधिमा पोखराका वडा कार्यालयमा श्रृखलाबद्ध चोरी गरेका थिए । उनी यसअघि पनि डाकाचोरी मुद्दामा दुई पटक जेल परिसकेका व्यक्ति हुन् । पछिल्लो पटक […]

श्रम कार्यालयको ‘सर्भर’ अझै बनेन, वैकल्पिक नेटबाट काम हुँदै !

२८ साउन, पोखरा । श्रम तथा रोजगार कार्यालय गण्डकी प्रदेशको सर्भरमा समस्या आएका कारण ३ दिनदेखि रोकिएको सेवा मंगलबारदेखि सञ्चालनमा आएको छ । समस्या आएको सर्भरको वैकल्पिक व्यवस्था गरेर सेवा सुरु गरिएको कार्यालयले जनाएको छ । कार्यालयको आँखा स्क्यान गर्ने मेसिन ‘माइक्रो टिट डिभाइस’मा समस्या आएपछि आइतबारदेखि सबै सेवा ठप्प भएको थियो । डिभाइसमा समस्या […]

मुक्तिक्षेत्रमा सयौं वर्ष पुरानो यार्तुङ, १९ गाउँका बासिन्दाले मनाउँदै उत्सव

२८ साउन, मुक्तिनाथ । तामाको भाँडामा चोखो रक्सी, लुलु गाईको शुद्ध घ्युमा मुछिएको चामल, घ्युबाटै बनाइएको परम्परागत प्रसाद, ठ्यांग्रो ठोक्दै परम्परागत गीतका भाका हाल्दै निस्किए, एक हुल स्थानीय । बक्खु, दोचासँगै हिमाली क्षेत्रमा लगाइने पुर्ख्यौली पोसाकमा सजिएका स्थानीयले पाहुनालाई यसरी स्वागत गरे । शुभ साइत र शुभ कार्यमा गाइने गीतसँगै रमाइरहेका छन्, गाउँले । गाउँ-गाउँबाट […]

ग्रुप च्याटमा जातीय गालीगलौज गर्ने ५ नर्स पक्राउ

३१ असार, पोखरा । पोखरा शान्ति परियार पेसाले नर्स हुन् । उनी पोखरामै रहेको फेवा सिटी अस्पतालमा काम गर्छिन् । जेठको अन्तिम साता उनले एउटा कुरा थाहा पाइन्, ‘सहकर्मीले समाजिक सञ्जालमा ग्रुप च्याट बनाएर जातमाथि कटाक्ष गर्दैछन् ।’ फेसबुकमा ग्रुप च्याट बनाएर जातीय गालीगलौज गर्ने ती सहकर्मी थिए, पोखरा जाल्पारोडकी सुष्मा थापा, हेमजाकी सुस्मिता कुँवर, नयाँगाउँकी निर्मला […]

तनहुँबाट विप्लव समूहका ४ कार्यकर्ता पक्राउ

३१ असार, तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, […]

गोरखा दरबार पुनर्निर्माण सुस्त, जगमै बित्यो डेढ वर्ष

२९ असार, गोरखा । गोरखा दरबार पुनर्निर्माण सुरु भएको डेढ वर्षमा जगको काम मात्र सकिएको छ । २०७४ कात्तिक महिनाबाट पुनर्निर्माणको काम सुरु भएको थियो । २०७६ साल मंसिर ३० गतेभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता छ । तर, अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । ‘काठ नआएर धेरै […]

जङ्गली च्याउ खाँदा म्याग्दीमा बालकको मृत्यु, पाँच बिरामी

२९ असार, गलेश्वर । म्याग्दीमा जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका एक बालकको मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको हो । वनबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि परिवारका छ बिरामी भएका थिए । विषालु च्याउ खानेबित्तिकै बान्ता, पखाला र टाउको दुख्न […]

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आरुघाटमा १६ चौतारा निर्माण

२४ असार, गोरखा । आरुघाट गाउँपालिकामा १६ वटा परम्परागत चौतारा निर्माण भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगत चौतारा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । ‘दश वटा नयाँ चौतारा बनायौ,’ गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक महेश खत्रीले भने, ‘६ वटा पुरानो जीर्ण अवस्थामा रहेका चौतारा मर्मत गर्‍यौ ।’ वडा स्तरबाटै योजना छनोट गरेर काम शुरु गरिएको […]

स्थानीय तहबारे उजुरीः मिलेमतोमा ठेक्का, कागज मिलाएर पैसा झ्वाम !

२३ असार, पोखरा । पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट ढुंगा, गिटी, बालुवा निकासीका लागि टेण्डर आहृवान गर्‍यो । विभिन्न कम्पनीले आवदेन दिए, जसमा सबैभन्दा बढी ८० लाख कबोल गरिएको थियो । तर गाउँपालिकाले ३० लाख रुपैयाँ कम कबोल गरेको चौथो कम्पनी छनोट गर्दै ठेक्का सम्झौता गर्‍यो । सबैभन्दा बढी रकम कबोल गरेको कम्पनी नआएकाले चौथो […]

गण्डकीका सांसदलाई सुब्बासरहको स्वकीय सचिव

२० असार, पोखरा । गण्डकी प्रदेशका सांसदले अब स्वकीय सचिव राख्न पाउने भएका छन् । संसदबाट शुक्रबार पारित प्रदेश सरकारले ल्याएको बजेटमार्फत सांसदले पनि स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको हो । नायब सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने गरी एकमुष्ट बजेटको व्यवस्था गरिएको छ । मन्त्रिपरिषदको बैठकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र […]

प्रदेश १ का फोटा पोखरामा प्रदर्शन

१९ असार, कास्की । पोखरामा प्रदेश नम्बर १ का पर्यटकीय स्थलका फोटो प्रदर्शन गरिएको छ । पूर्वाञ्चल सेवा समाजको आयोजनामा पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा फोटो पत्रकार भरतबन्धु थापाका तस्वीर प्रदर्शन गरिएको हो । फोटो प्रदर्शनीमा विश्वको सर्वोच्च शिखर सगरमाथा, तेस्रो अग्लो हिमाल कञ्चनजंघा, मकालु हिमाल लगायतका २९ तस्वीर राखिएको थियो । धार्मिक तिर्थस्थल पाथीभरा, इलामको […]

म्याग्दी नदीले बगाएर दुई बालक बेपत्ता

१८ असार, म्याग्दी । पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् । मङ्गलबार बेलुका ४ः३० बजे म्याग्दी नदीमा पौडी खेल्दा बेनपा–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका अर्का बालक डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी […]