+
+
Shares

पोखरामा विजयपुर खोलाले बगाउँदा २ बालक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३० गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखराको विजयपुर खोला तर्ने क्रममा स्याङ्जा घर भई पोखरा बस्ने दुई बालक बेपत्ता भएका छन् ।
  • बेपत्ता हुनेमा १४ वर्षीय निक्सन राई र १५ वर्षीय अमन राई रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।
  • खोला बढेका कारण खोजि कार्यमा कठिनाइ भएपनि गोताखोरसहितको टोलीले उनीहरूको खोजी गरिरहेको छ ।

३० साउन, पोखरा । पोखरा वडा नम्बर २६ र १४ को सीमा सक्नेरीस्थित विजयपुर खोलामा दुई जना बालक बेपत्ता भएका छन् ।

वडा नम्बर २६ सक्नेरी  भगवती हाईड्रोपावर नजिकै  वडा नम्बर १४  बिजयबस्तीबाट विजयपुर खोला तर्ने क्रममा २ जना बेपत्तादभएका हुन् ।

उनीहरूको खोजी जनपद प्रहरी, सशत्र प्रहरीको टोलीले गोताखरसहितले गरिरहेको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

बेपत्ता हुनेमा स्याङ्जा घर भइ पोखरा बस्ने १४ निक्सन राइ र घरबतन खुल्न बाँकी रहेका १५ वर्षीय अमन राइ रहेको प्रहरीले जनाएको छ ।

निक्सनको परिवार सम्पर्कमा आइसकेका छन् भने राइको परिवारसँग सम्पर्कको प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

गोताखोरसहित प्रहरीको टोलीले खोजि गरिरहेको भए पनि खोला बढेका कारण समस्या भएको छ । उनीहरूलाई खोलाले बगाएको स्थानीयले देखेकासमेत थिए ।

स्थानीयकोसमेत सहायताले खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । विजयपुर खोला सक्नेरीबाट वडा नम्बर २७ को मोरेखरेमा पुगेर सेती नदीमा मिसिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?