+
+
Shares

बैंकक-ढाका हुँदै पोखरामा अमेरिकी चार्टर विमान

चालक दलबाहेक अन्य यात्रु छैनन्, पोखरा आउनुको उद्देश्य खुलाइएन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार अमेरिकी दर्ता नम्बर एन–५५५–भीजी भएको सिरस एसआर–२२  विमान बैंककबाट ढाका हुँदै पोखरा आएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी दर्ताको हल्का चार्टर विमान एन–५५५–भीजी बैंकक र ढाका हुँदै मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
  • विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार चालक दलका सदस्यमात्र रहेको सो विमान बुधबार पाकिस्तानको लाहोर प्रस्थान गर्ने तालिका रहेको छ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणबाट चार्टर उडानको अनुमति पाएको यस विमानको नेपाल आगमनको वास्तविक उद्देश्य भने हालसम्म खुलेको छैन।

५ साउन, पाेखरा । बैंकक र ढाका हुँदै अमेरिकी दर्ताको हल्का चार्टर विमान मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमान बुधबार पाकिस्तानको लाहोरका लागि उड्ने तालिका छ । विमानमा चालक दलका सदस्यबाहेक अन्य यात्रु नरहेको विमानस्थलले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार अमेरिकी दर्ता नम्बर एन–५५५–भीजी भएको सिरस एसआर–२२  विमान बैंककबाट ढाका हुँदै पोखरा आएको हो । चालक दलका सदस्य आज राति पोखरामै बस्ने र भोलि लाहोर प्रस्थान गर्ने उनले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सीएएएन–एफपी ६६३/२०२६ नम्बरबाट उक्त उडानका लागि अनुमति दिएको छ । अनुमति पत्रमा यो उडान चार्टर उडान भएको उल्लेख छ ।

विमान ओएसी एभिएसन प्रालिमार्फत सञ्चालन गरिएको हो भने यसको अधिकतम उडान तौल एक हजार ५४२ किलोग्राम छ । उडानको नेतृत्व क्याप्टेन याङ कुआङ यिङ ले गरिरहेका छन् ।

सिरस एसआर–२२ एकल इन्जिन भएको हल्का विमान हो । यस्तो विमान प्रायः निजी यात्रा, व्यावसायिक चार्टर, हवाई निरीक्षण, व्यवसायिक भ्रमण तथा विशेष प्रयोजनका उडानमा प्रयोग गरिन्छ । अमेरिकी दर्ता नम्बरको सुरुआतमा रहेको ‘एन’ ले विमान अमेरिकामा दर्ता भएको जनाउँछ ।

यद्यपि, यो विमान किन पोखरा आएको हो, यहाँ किन एक रात बस्दैछ र त्यसपछि लाहोर किन जाने भएको हो भन्नेबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।

विमानले पोखरामा कुनै यात्रु झारेको वा यहाँबाट यात्रु चढाएर लैजाने कार्यक्रम पनि नभएको विमानस्थल स्रोतले जनाएको छ ।

बैंकक-ढाका-पोखरा–लाहोर मार्गमा चालक दल मात्र बोकेर सञ्चालन गरिएको यो चार्टर उडानको वास्तविक उद्देश्य अझै खुल्न सकेको छैन । सम्बन्धित अपरेटर र सरोकारवाला निकायले पनि यसबारे कुनै थप विवरण सार्वजनिक गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?