News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्कअगाडि विभिन्न संस्था र मजदुर संगठनले बनाएका अनधिकृत संरचनामा डोजर चलाउन शुरू गरेको छ ।
- महानगरपालिकाले सडक चौडा बनाउने उद्देश्यका साथ ३५ दिने म्याद सकिएपछि यी संरचनाहरू हटाउन थालेको हो ।
- नगर विकास समितिको जग्गामा सहारा क्लब, हिमाली सांस्कृतिक परिवार र ट्रेड युनियनहरूले संरचना बनाएर भाडा उठाउँदै आएका थिए ।
१४ जेठ, काठमाडौं । पृथ्वीचोकस्थित पोखरा बसपार्कअगाडि संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन र विभिन्न संस्थाले बनाएका संरचना खाली गर्ने काम थालिएको छ । सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवाका संरचनामा डोजर चलाइएको हो ।
ट्रेड युनियन र संस्थाले पोखरा उपत्यका नगर विकास समिति मातहको जग्गामा संरचना बनाएर भाडासमेत उठाउँदै आइरहेका थिए । नेकपानिकट मजदुर संगठनले भने यसअघि नै अस्थायी संरचना भत्काएर स्थायी संरचनाको चाबी हस्तान्तरण गरेको थियो ।
हङकङ बजारको अगाडि आज डोजर लगाइएको संरचनाका व्यवासायीले रातिसम्ममा सामान उठाएर उक्त ठाउँ खाली गरेका थिए । यो ठाउँमा सहाराले सञ्चालन गरेको सार्वजनिक शौचालयसमेत छ ।
यहाँको संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना दिइएको थियो । त्यसको म्याद जेठ ९ गते सकिएको थियो। यहाँका संरचना हटाएर सडक चौडा गराइने मेयर धनराज आचार्यले बताएका छन् ।


प्रतिक्रिया 4