+
+
Shares

लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते ६:२८

रामबहादुर रोकाह

२३ वैशाख, स्याङ्जा । मोटरसाइकलमा लिफ्ट दिने बहानामा एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–९ का २० वर्षीय दिवस सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

उनका अनुसार पुतलीबजार नगरपालिका–१ मालेबगरस्थित सार्वजनिक सडकखण्डमा युवकले महिलालाई लिफ्ट दिएका थिए ।

पीडित महिलाले दिएको जाहेरी अनुसार मंगलबार बिहान करिब ७ बजे मोटरसाइकलमा लिफ्ट दिएका सुनारले फोन नम्बर मागेका थिए । नम्बर दिन अस्वीकार गरेपछि ती युवकले अश्लील हर्क गरेको उजुरीमा उल्लेख छ ।

घटनापछि खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा सुनारलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका युवकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरीले अपरिचित व्यक्तिले मोटरसाइकलमा लिफ्ट प्रस्ताव गरेमा विशेष गरी महिलाहरू सतर्क रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?