+
+
Shares

गण्डकी प्रदेश सभाको नवौं अधिवेशन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेश सभाको नवौं अधिवेशन ८ चैतदेखि मालेपाटनस्थित कृषि मन्त्रालयको हलमा सुरु भएको छ।
  • नवौं अधिवेशनको पहिलो बैठकले एमालेका पूर्वसांसद कृष्ण थापाको शोक प्रस्ताव पारित गरेको छ।
  • कृष्ण थापा फागुन २८ गते हृदयघातबाट निधन भएका थिए र उनी २०७४ सालमा कास्की–२ (ख)बाट निर्वाचित सांसद थिए।

८ चैत, पोखरा । गण्डकी प्रदेश सभाको नवौं अधिवेशन सुरु भएको छ । जेनजी आन्दोलनपछि असोज ७ गते आठौं अधिवेशन अन्त्य भएपछि आइतबारदेखि नवौं अधिवेशन सुरु भएको हो ।

जेनजी आन्दोलनले नदीपुरस्थित प्रदेश सभा भवन जलेर ध्वस्त भएपछि मालेपाटनस्थित कृषि मन्त्रालयको हललाई संसदको रुपमा प्रयोग गरिएको छ ।

नवौं अधिवेशनको पहिलो बैठकले गण्डकीका पूर्वसांसद कृष्ण थापाको शोक प्रस्ताव पारित गरेर केहीबेरलाई स्थगित गरिएको छ ।

केहीबेरमा बस्ने बैठकमा दलका नेताहरुले बोल्ने छन् भने प्रादेशिक सडक सम्बन्धी संशोधन गर्न बनेको विधेयक संसदमा पेश हुने छ ।

एमालेका पूर्वसांसद कृष्ण थापाको फागुन २८ गते कार्यक्रममा सहभागी भइरहेकै बेला ह्ृदयघातबाट मृत्यु भएको थियो ।

थापा २०७४ सालमा कास्की–२ (ख)बाट निर्वाचित भएका थिए । उनको निधनले प्रदेश सभालाई अपुरणीय क्षति पुगेको भन्दै संसदले शोक प्रस्ताव पारित गरेको छ ।

थापा २०५४  सालमा पोखराका मेयर थिए भने अहिले एमालेको केन्द्रीय सदस्य तथा कास्की ईन्चार्जसमेत थिए ।

कास्कीमा हक्की नेताको छवि बनाएका थापाले फागुन २१ को निर्वाचनमा सुरुमा टिकट पाए पनि नेतृत्वबाटै पछि युवा नेता रश्मि आचार्यलाई दिइएको थियो । २०७९ मा थापा पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?