+
+
Shares

स्याङ्जाका ८ पालिकामा आज सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते ७:५१

१५ फागुन, स्याङ्जा । स्याङ्जा जिल्लाका ८ पालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।

४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्याङ्जाका ५ नगरपालिका र ३ गाउँपालिकामा स्थानीय सरकारले आज एक दिन सार्वजनिक बिदा दिएका हुन् । ३ पालिकाले भने सार्वजनिक बिदा दिएका छैनन् ।

मगर जातिको बाहुल्य रहेका वालिङ, पुतलीबजार, गल्याङ, भीरकोट र चापाकोट नगरपालिका तथा कालीगण्डकी, हरिनाश, विरुवा गाउँपालिकाले सार्वजनिक बिदा दिइएको हो ।

११ वटा स्थानीय तह रहेको स्याङ्जामा अर्जुन चौपारी, फेदिखोला, आँधीखोला गाउँपालिकाले भने सार्वजनिक बिदा दिएका छैनन् ।

सार्वजनिक बिदाको दिन वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघसंस्थाहरू बन्द छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?