News Summary
Generated by OK AI. Editorially reviewed.- म्याग्दीमा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनमा ५४ दशमलब दुई प्रतिशत मत खसेको छ।
- म्याग्दीमा ८६ हजार तीन सय ९७ मतदाता मध्ये ४६ हजार आठ सय ९३ जनाले मतदान गरेका छन्।
- म्याग्दीमा ११ जना राजनीतिक दलका उम्मेदवार र एक जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
२१ फागुन, म्याग्दी । आज भएको प्रतिनिधीसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लामा ५४ दशमलब दुई प्रतिशत मत खसेको छ ।
८६ हजार तीन सय ९७ मध्य ४६ हजार आठ सय ९३ मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२५ हजार एक सय १८ जना महिला, २१ हजार सात सय ७४ जना पुरुष र एक जना यौनिक अल्पसंख्यकले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी विमल गौतमले जानकारी दिए ।
म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वटा वडामा रहेका एक सय २० वटा स्थायी र दुई वटा अस्थायी मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।
मतदान स्थलबाट बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गर्न थालिएको छ । बिहीबार रातिसम्म सडक मार्गबाट बेनीमा मतपेटिका संकलन गरिसक्ने, शुक्रबार बिहान सात बजे सर्वदलीय बैठक बसेर मतगणना शुरु गर्ने तयारी भएको प्रजिअ आचार्यले जानकारी दिए ।
जिल्ला समन्वय समितिको भवनमा मतेपटिका संकलन गरि समानुपातिक र प्रत्यक्षतर्फको दुई वटा कोठामा राजनीतिक दलका प्रतिनिधीहरुको उपस्थितिमा शिलबन्दी गरेर मतपेटिका भण्डारण गरिने भएको छ ।
मतेपटिका भण्डारण र मतगणना स्थलमा सीसीटिभी क्यामेरा जडान गरिएको छ । मतगणना स्थलमा तारजाली लगाएर ठाउँ बनाइएको छ । दुई वटा समूहमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिए ।
प्रतिनिधीसभामा एक वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ११ जना राजनीतिक दल र एक जना स्वतन्त्र उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।
नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेदवार महावीर पुन मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् ।
प्रतिक्रिया 4