+
+
WC Series
विराटनगर किंग्स 2025
220/6 (20)
VS
८४ बलमा १४४ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
77/1 (5.6)
Shares

ट्र्याक्टर दुर्घटना हुँदा गोरखामा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको पालुङटार नगरपालिका–९ स्थित बिर्दीमा ट्र्याक्टर दुर्घटनामा ६० वर्षीय जगबहादुर बानियाँको मृत्यु भएको छ।
  • ट्र्याक्टरको गियर फेल भएर पछाडि हट्दा बानियाँलाई ठक्कर लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी राजकुमार श्रेष्ठले बताए।
  • ट्र्याक्टर चालक ५४ वर्षका धनबहादुर कुमाललाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

२ मंसिर, गोरखा । गोरखामा आज र्ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको पालुङटार नगरपालिका–९ स्थित बिर्दीमा खेत जोत्ने क्रममा र्ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६० वर्षीय जगबहादुर बानियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

खेत जोतिरहेको बेलामा प्रदेश २–०३–००१ त २८२७ नम्बरको र्ट्याक्टर अचानक गियर फेल भई पछाडि हट्न पुग्दा बानियाँलाई र्ट्याक्टरले ठक्कर दिएको थियो ।

ट्र्याक्टरको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको डिएसपी श्रेष्ठले बताए ।

ट्र्याक्टरको पछाडि काठको मुढामा बसेर बानियाँले खेत सम्याइरहेका बेला अचानक ट्र्याक्टरको गियर फेल भएको प्रहरीको भनाइ छ ।

 घटनाको जानकारी पाएलगत्तै प्रहरीचौकी रातामाटेबाट घटनास्थलमा प्रहरीको टोली पुगेको थियो ।

दुर्घटनापछि  ट्र्याक्टर चालक ५४ वर्षका धनबहादुर कुमाललाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?