News Summary
Generated by OK AI. Editorially reviewed.- चुमनुब्री गाउँपालिकाको फिलिम–लार्केपास पदमार्गमा वैशाख ८ देखि १२ गतेसम्म खच्चड आवतजावत रोक लगाएको छ।
- गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले पदमार्गमा ढलान तथा रेलिङ निर्माणका कारण रोक लगाइएको जानकारी दिए ।
- खच्चड व्यवसायीलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।
८ वैशाख, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावत गर्न आजदेखि पाँच दिनसम्म रोक लगाइएको छ । उक्त पदमार्ग स्तरोन्नति भइरहेकाले खच्चड ओहोरदोहोर गर्न/गराउन रोक लगाइएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले गाउँपालिकाको वडा नं ५ राना गाउँस्थित फिलिम–लार्केपास पदमार्गमा ढलान तथा रेलिङ निर्माणका लागि भइरहेकाले आज मङ्गलबार आजदेखि खच्चड हिँडाउन बन्द गरिएको जानकारी दिए ।
‘वैशाख ८ गतेदेखि १२ गतेसम्म खच्चड आवतजावत गराउनुपरे वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ, पैदलमार्ग स्तरोन्नति सम्पन्न भएलगत्तै पुन: सहज बनाइनेछ’, उनले भने ।
चुमनुब्री गाउँपालिकामा अहिले पनि दैनिक उपभोग्य वस्तु खाद्यान्नलगायत निर्माण सामग्रीसमेत खच्चडबाट ढुवानी गराउनुपर्ने बाध्यता छ ।
गाउँपालिकाले खच्चड व्यवसायीलाई पनि पाँच दिनका लागि खच्चड आवतजावत बन्द गरिदिन अनुरोध गरेको छ ।
प्रतिक्रिया 4