+
+
Shares

गोरखामा पहिलो पटक ठाडो भाका प्रतियोगिता हुँदै

गोरखामा पहिलो पटक खुला ठाडो भाका प्रतियोगिता हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखामा पहिलो पटक भूकम्प स्मृति दिवसको अवसरमा वैशाख ११ गते खुला ठाडो भाका प्रतियोगिता हुन लागेको छ।
  • ठाडो भाका संरक्षण तथा प्रवर्द्धन समितिले प्रतियोगितामा १५ टिमभन्दा बढीको सहभागीता रहने र पुरस्कार वितरण गर्ने जनाएको छ।
  • प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थानले क्रमशः ८० हजार, ५० हजार र ३० हजार नगद पुरस्कार पाउनेछन्।

६ वैशाख, गोरखा । गोरखामा पहिलो पटक खुला ठाडो भाका प्रतियोगिता हुने भएको छ । भूकम्प स्मृति दिवसको अवसर पारेर यही वैशाख ११ गतेबाट प्रतियोगिता गर्न लागिएको हो ।

जिल्ला सदरमुकामस्थित रानीपोखरी परिसरमा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको आइतबार पत्रकार सम्मेलन गरी आयोजक ठाडो भाका संरक्षण तथा प्रवर्द्धन समिति जनाएको छ । संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको समिति अध्यक्ष पृथ्वी गुरुङले बताए ।

‘ठाडो भाका नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगिसक्यो,’ उनले भने, ‘यसकै संरक्षण र प्रवर्द्धनका  लागि प्रतियोगिता गर्न लागेका हौँ ।’

ठाडो भाकाका अग्रज श्रष्टालाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने लक्ष्य समेत रहेको उनले जानकारी दिए । ‘जिल्लामा ठाडो भाकाका धेरै अग्रज श्रष्टाहरु हुनुहुन्छ, प्रतिभा प्रष्फुटन गर्ने ठाउँ नपाएका युवापुस्ता पनि छन् । उहाँहरु सबैलाई सहभागी गराउने कोसिस गर्नेछौ,’ उनले भने ।

प्रतियोगितामा १५ टिमभन्दा बढीको सहभागीता रहने आयोजकको अपेक्षा छ । गोरखासँगै लम्जुङ, तनहुँ र कास्कीबाट सहभागी आउने समितिका सचिव हरिकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ८० हजार, ५० हजार र ३० हजार नगद पुरस्कार पाउने छन् । त्यस्तै सान्त्वना हुनेले १० हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिताकै अवसरमा ठाडो भाका गाउने अग्रज श्रष्टा र नयाँ पुस्ताबाट एक-एक जनालाई सम्मान गरिने श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब १८ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । सहभागीहरुलाई खान र बस्नको व्यवस्था आयोजकले गर्नेछ । गोरखा नगरपालिकाका वडाध्यक्षद्वय विष्णु राना र राजेन्द्रकुमार जोशीले लोप हुदैँ गएको ठाडो भाका संरक्षण र प्रवर्द्धनका लागि सबैलाई ऐक्यवद्धता जनाउन आग्रह गरेका छन् । प्रतियोगिता सम्पन्न गर्न आर्थिक लगायतका पक्षमा सहयोग गर्ने उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?