News Summary
Generated by OK AI. Editorially reviewed.- नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा धनगढीबाट काठमाडौं जाँदै गरेको बस पल्टिँदा २५ जना घाइते भएका छन् ।
- सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।
- घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ ।
३० कात्तिक, चितवन । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे पूर्व–पश्चिम राजमार्गमा पल्टिएको थियो ।
दुर्घटनामा घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ ।
दुर्घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4