0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

हुरीका कारण नवलपुरको विनयी त्रिवेणीमा १७ घरमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते ५:५५
हुरीका कारण विभिन्न घरका टिनका छाना उड्नाका साथै केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको प्रहरीले जनाएको छ ।।

२७ जेठ, कावासोती । नवलपुर (नवलपरासी बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीका कारण विभिन्न घरका टिनका छाना उड्नाका साथै केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको हो । केही कच्ची घरको पर्खाल चर्किएको तथा एक घरको ब्लकको पर्खाल भत्किएको छ ।

प्रहरीका अनुसार भोजबहादुर खनगाहा, मोतिराम खाती, धनिसरा सोमै मगर, पार्वती विक, रुपा विक, शेरबहादुर दराई, दीपेन्द्र ढेङ्गा, कान्छा कुमाल, गुनबहादुर दराई, नरबहादुर विक, ओमबहादुर कुमाललगायतका घरमा क्षति पुगेको छ । यस्तै, मनबहादुर राना र केमबहादुर विकका गोठमा पनि हुरीले क्षति पुर्‍याएको छ ।

कमला कुमालको कच्ची घरको पर्खाल चर्किएको छ भने पार्वती विकको घरको एक कोठाको ब्लकको पर्खाल खसेको तथा केही घरमा रूखका हाँगा खस्दा सामान्य क्षति भएको प्रहरी उपरीक्षक खड्काले बताए ।

हुरीबाट मानवीय तथा पशुचौपायामा कुनै क्षति नभएको र कुनै परिवार विस्थापित नभएको प्रहरीले जनाएको छ ।

राससबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?