+
+
Shares

नवलपुरमा साढे १० बजेबाट मतगणना

यहाँ प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना साढे १० बजेबाट सुरु हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवलपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना साढे १० बजे कुमार्वती बहुमुखी क्याम्पसमा सुरु हुने भएको छ।
  • जिल्लाका दुई निर्वाचन क्षेत्रमा ६१.३६ प्रतिशत मत खसेको छ र १ लाख ६४ हजार ७७८ मतदाताले मतदान गरेका छन्।
  • मतदाता मध्ये महिला ९३ हजार ७०६, पुरुष ७१ हजार ८० र अन्य २ जनाले मतदान गरेका थिए।

२२ फागुन, नवलपुर । यहाँ प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना साढे १० बजेबाट सुरु हुने भएको छ । मतगणना स्थल कुमार्वती बहुमुखी क्याम्पसमा सर्वदलीय बैठकले साढे १० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

जिल्लाका दुई निर्वाचन क्षेत्रमा सम्पन्न मतदानमा ६१.३६ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल २ लाख ६८ हजार ५२६ मतदातामध्ये १ लाख ६४ हजार ७७८ जनाले मतदान गरेका छन्।

खसेको मतमध्ये महिला मतदाता ९३ हजार ७०६, पुरुष ७१ हजार ८० तथा अन्यतर्फ २ जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?