२२ फागुन, काठमाडौं । देशभरका विभिन्न निर्वाचन क्षेत्रहरूमा मत गणना तीव्र गतिमा भइरहेको छ, जहाँ अधिकांश स्थानमा नयाँ उम्मेदवारहरूले अग्रता लिइरहेका छन् र धेरै हेभी वेट नेताहरू निकै पछाडि परिरहेका छन् ।
देशभर कहाँ कहाँ भइरहेका छन् मतगणना, कसले लिइरहेको छ अग्रता ? पलपलको अपडेटका लागि हामीसँगै रहनुहोला।
Live Updates
नेकपाले टिकट नदिएपछि रास्वपा छिरेका नरेन्द्रसँग नारायणकाजी ४ हजार बढी मतले पछाडि
सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार नरेन्द्र साह कलवारले अग्रता कायम गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार कलवारले ५४२४ मत प्राप्त गरेका छन् भने नेकपाका नारायणकाजी श्रेष्ठले ७२० मत पाएका छन् । यससँगै कलवार श्रेष्ठभन्दा ४ हजार ७०४ मतले अघि रहेका छन् ।

म्याग्दीमा स्वतन्त्र उम्मेदवार दोब्बर मतले अगाडि
म्याग्दीका स्वतन्त्र उम्मेलवार महावीर पुनले दोब्बर मतले अग्रता लिएका छन् ।
निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठभन्दा पुनले ३४३७ बढी मत पाएका छन् । धवलागिरी र मालिका गाउँपालिकाको ११ हजार २०१ मत गणना गर्दा पुनले ५५०८ मत पाएका छन् । एमालेका हरिकृष्णले २०७१, नेकपाका अर्जुन थापाले १६५६, कांग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले १४९७ मत पाएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026

पर्सा-३ मा रास्वपाको अग्रता
सुनसरी-३ मा पनि रास्वपा अगाडि
सुनसरी-३ मा रास्वपाका अशोककुमार चौधरीले अग्रता कायम राखेका छन् ।
कांग्रेसका विजयकुमार गच्छदारले ल्याएको मतभन्दा चौधरीले २०५३ मत बढी ल्याएका छन् । अशोकले ३२५५ मत ल्याउँदा गच्छदारले १२०२ मत ल्याएका छन् । एमालेकी भगवती चौधरीले ९१० मत ल्याएकी छन् ।
Nepal Election Result | Election 2082 | Election 2026
हुम्लामा राति पौने ८ बजेदेखि मतगणना
Nepal Election Result | Election 2082 | Election 2026
बझाङमा मतगणना सुरु
बझाङमा पनि मतगणना सुरु भएको छ । अपराह्न ४:३० बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि ५ : ४० बजेदेखि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बझाङमा ४६.४४ प्रतिशत मत खसेको थियो । एमालेका ऐन महर, कांग्रेसका प्रकाश स्नेही रसाइली, रास्वपाका शैलेश सिंह र नेपाली कम्युनिस्ट पार्टीका मीनबहादुर कुँवरलगायत ७ जना चुनावी मैदानमा छन् ।

डोल्पामा मतदान सकिएको २४ घण्टापछि संकलन भयो मतपेटिका
डोल्पामा निर्वाचन सकिएको २४ घण्टापछि मतपेटिका सदरमुकाम संकलन गरिएको छ । विकट क्षेत्रका मतपेटिका हेलिकप्टरबाट ल्याइएको हो । सर्वदलीय बैठक बसेर गणना गर्ने तयारी गरिएको छ ।
Nepal Election Result | Election 2082 | Election 2026

विजयी भएपछि शिशिर खनालले भने- सरकार बनाएको १०० दिनभित्रै नतिजा दिनेगरी काम गर्छौं
काठमाडौं क्षेत्र नम्बर ६ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शिशिर खनालले आफूहरूले सरकार बनेको एक सय दिनभित्रै नयाँ नतिजा दिनेगरी काम गर्ने बताएका छन् ।

रामेछापमा उज्यालो नेपाल पार्टीको अग्रता
रामेछापमा उज्यालो नेपाल पार्टीका दीपबहादुर योन्जनले प्रारम्भिक अग्रता लिएका छन् । उनले ६४० मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका नेकपाका श्यामकुमार श्रेष्ठले ३९५, कांग्रेसका रामचन्द्र खड्काले १३६, एमालेका माधव ढुंगेलले ९४ र रास्वपाका कृष्णहरि बुढाथोकीको ६३ मत छ ।
Nepal Election Result | Election 2082 | Election 2026
सुनसरी-४ मा पनि रास्वपाको अग्रता
Nepal Election Result | Election 2082 | Election 2026
काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल विजयी
काठमाडौ-६ मा रास्वपाका शिशिर खनाल विजयी भएका छन् ।
खनाल २७,७१९ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवारले ६,६४७ र एमालेका उम्मेदवारले जम्मा ४,३७३ मत पाए
Nepal Election Result | Election 2082 | Election 2026

अछाम-२ मा एमालेको प्रारम्भिक अग्रता
अछाम-२ मा एमालेले सुरुआती अग्रता कायम गरेको छ ।
एमालेका यज्ञबहादुर बोगटीले ७२६, कांग्रेसका पुष्पबहादुर शाहले ४३३, रास्वपाका भूपदेव शाहले ३५५ र नेकपाका बलबहादुर कुँवरले २२५ मत पाएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026
अछाम-१ मा भीम रावलको अग्रता कायमै
अछाम-१ मा नेकपाका उम्मेदवार भीम रावलले अग्रता कायम राखेका छन् ।
रावलले ९५२, एमालेका दीपकबहादुर साउँदले ७१३, कांग्रेसका भरतकुमार स्वाँरले ७३२ र रास्वपाका ओमप्रकाश रावलले १०७ मत पाएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026

सल्यानमा रमेश मल्लको अग्रता कायम
सल्यानमा नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्लले अग्रता कायम राखेका छन् । ३३४६ मत गणना हुँदा मल्लले १४१० मत पाएका छन् । रास्वपाका ललितकुमार चन्दले ६८३ मत पाएका छन् भने कांग्रेसका केशबहादुर बिष्टले ६२७ मत पाएका छन् । एमालेका गुलावजंग शाहले ४१९ पाएका छन् ।
यहाँ हालसम्म १४८ मत बदर भएको छ । जिल्लामा कुल १ लाख ६२ हजार ४४९ मतदाता रहेकोमा ८३ हजार ६९२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। मतगणना भने जारी रहेको छ।

तेह्रथुममा एमालेका भानुभक्त ढकालको अग्रता कायम
तेह्रथुममा नेकपा एमालेका भानुभक्त ढकालले अग्रता कायमै राखेका छन् । ढकालले ५३०० मत प्राप्त गरेका छन् ।
कांग्रेसका सन्तोष सुब्बाले ४६५१, रास्वपाका सुरेन्द्र कार्कीले ४२८५ मत पाएका छन् । श्रम संस्कृति पार्टीका सुवीन्द्रकुमार लिम्बूले २२६४ मत ल्याएका छन् ।

मतान्तर फराकिलो भएपछि दमक पुगे बालेन
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह दमक पुगेका छन् । शुक्रबार दिउँसो प्लेन मार्फत विराटनगर आएका उनी बेलुका दमक पुगेका हुन् । झापा-५ मा मतान्तर बढेपछि उनी दमक पुगेका हुन् ।

धनकुटामा श्रम संस्कृतिको अग्रता
धनकुटामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ । श्रम संस्कृति पार्टीका सानबहादुर राईले १५९० मत प्राप्त गरेका छन् ।
एमालेका राजेन्द्रकुमार राईले १०४०, कांग्रेसका दिनेश राईले ७३४ र रास्वपाका दिनेश भण्डारीले १४४ मत प्राप्त गरेका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026
पाँचथरमा श्रम संस्कृति पार्टीको अग्रता
सुनसरी-१ मा पछि परे हर्क साम्पाङ
सुनसरी-१ मा श्रम संस्कृति पार्टीका हर्कराज साम्पाङलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनले अग्रता लिएकी छिन् ।
रास्वपाबाट गोमा तामाङ सरिनले ४६१ मत ल्याउँदा हर्कले १५४ ल्याएका छन् । कांग्रेसका सुजेन्द्र तामाङले १०७ , राप्रपाका उद्द्ब श्रेष्ठले ९५, नेकपाका सूर्यबहादुर भट्टराइले ४१ र एमालेका टिकाराम लिम्बुले २० मत ल्याएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026

काभ्रे-१ मा नेकपाको सुरुआती अग्रता
काभ्रे-१ मा नेकपाका दिननाथ गौतमले सुरुवाती अग्रता लिएका छन् ।
गौतमले ७५७ मत पाएका छन् भने कांग्रेसका गुणराज मोक्तानले ५३८ मत पाउँदा एमालेका अमित तामाङले २०३ मत पाएका छन् । रास्वपाका मधुकुमार चौलागाईंले ५४ र उज्यालो नेपालका योगेन्द्र लामाले ४६ मत प्राप्त पाएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026
बैतडी : रास्वपाको सुरुआती अग्रता
बैतडीमा पनि रास्वपाले सुरुवाती अग्रता लिएको छ ।
५२८ मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले १७६ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १६७ मत ल्याएर पछ्याइरहेका छन् ।
एमालेका दामोदर भण्डारीले ९७ र नेकपाका परमान्नद भट्टले ३९ मत पाएका छन् ।
आफ्नै वडामा पछि परे एमाले उम्मेदवार अशोक व्याञ्जु
काभ्रे-२ मा एमालेका उम्मेदवार अशोक व्याञ्जु आफ्नै वडामा पछाडि परेका छन् ।
अशोकको निवास रहेको धुलिखेल नगरपालिका-७ मा रास्वपाका बदन भण्डारीले ९७० मत प्राप्त गरे भने अशोकले ३७८ मत मात्रै पाएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026

इलाम-२ मा एमालेका सुहाङको अग्रता
इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
सुहाङले ४९१ मत पाउँदा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले ४४३ मत पाएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026

रोल्पामा नेकपाका वर्षमान पुनको सुरुआती अग्रता
एउटा मात्रै क्षेत्र रहेको रोल्पामा नेकपाका वर्षमान पुनले सुरुआतमा झिनो अग्रता लिएका छन् ।
५९४ मत गणना गर्दा पुनले २५९ मत पाएका छन् भने दोस्रोमा एमालेका गोकुलप्रसाद घर्तीले २० मत पाएका छन् ।
कांग्रेसका सुदनकुमार वली र रास्वपाका बालाराम थापाले ७/७ मत पाएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026
चितवन- ३ मा रास्वपाकी सोविता गौतम ४६२३ मतले अगाडि
चितवन-३ मा रास्वपाकी सोविता गौतमले अग्रता बढाएकी छन् । १९०४५ मत गनणा हुँदा गौतमले ९८७९ मत पाउँदा नेकपाकी रेनु दाहालले ५२५६ मत पाएकी छन् ।
एमालेका शंकर थपलियाले १४६५, कांग्रेसका टेकप्रसाद गुरुङले १०२२ मत पाएका छन् ।

चितवन-१ मा रास्वपाका हरि ढकालको अग्रता
चितवन-१ मा रास्वपाका हरि ढकालले अग्रता लिएका छन् । ढकालले ३५०१, एमालेका दाबा लामाले २१०७ कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १७५० मत पाएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026

बर्दिया-१ मा रास्वपाका ठाकुरसिंह थारुको अग्रता
रास्वपाका ठाकुरसिंह थारूले ११२४, नेकपाका बिष्णु थारूले ३८१, एमालेका शालिकराम अधिकारीले २०७ र कांग्रेसका संजय गौतमले १७६ मत ल्याएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026
सल्यानमा नेकपाका रमेश मल्लको सुरुवाती अग्रता
Nepal Election Result | Election 2082 | Election 2026

धनुषा-२ मा पनि मतगणना सुरु
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा-२ मा पनि मतगणना सुरु भएको छ ।
Nepal Election Result | Election 2082 | Election 2026

अछाम-१ मा भीम रावलको सुरुआती अग्रता
अछाम-१ मा नेकपाका नेता भीम रावलले अग्रता लिएका छन् । भीमरावलले ३६४ मत पाउँदा एमाले दीपक साउँदले २१४ र कांग्रेसका भरत स्वारले ४५ मत पाएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026

गुल्मी-२ मा पनि रास्वपाका गोविन्द पन्थीको सुरुआती अग्रता
Nepal Election Result | Election 2082 | Election 2026
दार्चुलामा मतगणनाका सर्वदलीय बैठक
दार्चुलामा मतगणनाको लागि सर्वदलीय बैठक बसेको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु गरिनेछ ।
Nepal Election Result | Election 2082 | Election 2026

उदयपुर–१ मा रास्वपाको अग्रता कायमै
उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता कायमै राखेका छन् । रास्वपाका उम्मेदवार पारसमणि गेलाल २०२२, एमालेका दुर्गाकुमार थापाले ९१७, नेकपाका बलदेव चौधरीले ७१७, श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ९३४ र कांग्रेसका विदुर बस्नेतले ६८७ मत ल्याएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026
काठमाडौं–४ मा अग्रता बढाउँदै पुकार बम
काठमाडौं-४ मा रास्वपाका पुकार बमले ७ हजार बढी मतान्तरले अग्रता लिएका छन् ।
बमले ९८२१ मत ल्याउँदा कांग्रेसका सचिन तिमल्सिनाले २७४४ मत प्राप्त गरेका छन् । एमालेका राजन भट्टराईले २३२७ मत पाएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026
कर्णाली प्रदेशका छ जिल्लामा मतगणना जारी, कहाँ कसको अग्रता ?
१० जिल्ला रहेको कर्णाली प्रदेशका ६ जिल्लामा मतगणना जारी छ । शुक्रबार दिउँसो १ बजेसम्म कर्णालीका ६ वटा जिल्लाका मतगणना चलिरहेको छ ।
थप पढ्नुहोस
रौतहट-१ मा माधव नेपाल पाँचौ स्थानमा
रौतहट-१ को मतगणनाको प्रारम्भिक चरणमा रास्वपा उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन ।
हालसम्मको मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पाँचौ स्थानमा रहेका छ्न ।
Nepal Election Result | Election 2082 | Election 2026\\

डडेलधुरामा रास्वपाका जोशीको प्रारम्भिक अग्रता, कांग्रेसका महर तेस्रो
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता लिएको छ ।
प्रारम्भिक मतगणनामा रास्वपाका ताराप्रसाद जोशीले ४७८ मतसहित अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का मानसिंह मालले २९२ मतसाथ दोस्रो स्थानमा देखिएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026
लमजुङमा मतगणना सुरु, सुरुआतमा देखियो त्रिपक्षीय प्रतिस्पर्धा
लमजुङमा मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनामा ने्पाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच टक्कर देखिएको छ ।
नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङलाई पछि पार्दै नेपाली कांग्रेसका गमप्रसाद गुरुङले अग्रता लिएका छन् ।
४९५ मत गणना हुँदा कांग्रेसका गमप्रसादले १७७ मत पाएका छन् भने एमालेका पृथ्वीसुब्बाले ११८ मत पाएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026
चितवन-२ मा रविको अग्रता बढेको बढ्यै
चितवन-२ मा रास्वपाका सभापति रवि लामिछानेको अग्रता निरन्तर बढेको छ । लामिछानेले ९२३४ मत ल्याउँदा कांग्रेसकी मीना खरेलले २८२९ मत पाएकी छन् । एमालेका अस्मिन घिमिरेले २६५९ मत पाउँदा नेकपाका प्रताप गुरूङले १७९२ मत पाएका छन् ।
यस क्षेत्रमा हालसम्म १७९६४ गणना भएको छ ।
Nepal Election Result | Election 2082 | Election 2026
चितवन-२ मा रविको अग्रता बढेको बढ्यै
चितवन-२ मा रास्वपाका सभापति रवि लामिछानेको अग्रता निरन्तर बढेको छ । लामिछानेले ९२३४ मत ल्याउँदा कांग्रेसकी मीना खरेलले २८२९ मत पाएकी छन् । एमालेका अस्मिन घिमिरेले २६५९ मत पाउँदा नेकपाका प्रताप गुरूङले १७९२ मत पाएका छन् ।
यस क्षेत्रमा हालसम्म १७९६४ गणना भएको छ ।
Nepal Election Result | Election 2082 | Election 2026
मकवानपुर-२ मा पनि मतगणना सुरु
मकवानपुर-२ मा पनि मतगणना सुरु भएको छ । मनहरी गाउँपालिका-९ बाट मतगणना सुरु गरिएको हो ।
Nepal Election Result | Election 2082 | Election 2026

प्रत्यक्षतर्फ मतगणना सकिएको ठाँउमा समानूपातिकको मतगणना सुरु
प्रत्यक्षतर्फ मतगणना सकिएको ठाँउमा समानूपातिकको मतगणना सुरु भएको छ । काठमाडौं–१ मा मतगणना सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत चुडामन खड्काले बताए ।
मुस्ताङमा प्रत्यक्षतर्फको नतिजा आएकाले त्यहाँ पनि समानूपातिकको गणना थाल्ने योजना बनेको छ ।
Nepal Election Result | Election 2082 | Election 2026
गुल्मी–१ मा रास्वपाका सागर ढकालको सुरुआती अग्रता
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले सुरुवाती अग्रता लिएका छन् ।
ढकालले २४३ मत प्राप्त गरेका छन् । कांग्रेसका चन्द्र भण्डारीले १०३, एमालेका प्रदीप ज्ञवालीले ११८ र नेकपाका सुदर्शन बरालले १३० मत प्राप्त गरेका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026
काभ्रे-२ मा रास्वपालाई अग्रता
काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा रास्वपालले अग्रता लिएको छ ।
धुलिखेल नगरपालिकाको १,२ र ३ वडा मतगणना हुँदा रास्वपाका उम्मेदवार वदन भण्डारीले १५३० मत पाएका छन् भने एमालेका अशोक व्याञ्जुले १०३५, नेपाली कांग्रेसका मधु आचार्यले ५५२ र नेकपाका बसुन्धरा हुमागाईंले १८३ मत पाएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026
प्युठानमा रास्वपाका वैदिकको सुरुवाती अग्रता
प्युठानमा जारी मतगणनाको पहिलो अपडेटमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुशान्त वैदिकले अग्रता लिएका छन् । ऐरावती गाउँपालिकाको एक हजार ६४० मत गणना हुँदा ५०५ मतसहित वैदिकले सुरुवाती अग्रता लिएका हुन् ।
थप पढ्नुहोससर्वदलीय बैठकपछि सिन्धुली-१ को मतगणना सुरु
सर्वदलीय बैठकपछि सिन्धली-१ मा मतगणना सुरु भएको छ ।
यो क्षेत्रबाट नेपाली कांग्रेसका उज्जवल बराल, नेकपा एमालेका प्रदीप कटुवाल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डेकेन्द्र सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनेन्द्र कार्की उम्मेदवार छन् ।
यहाँबाट यसअघि तत्कालीन माओवादी केन्द्र र कांग्रेस गठबन्धनबाट कांग्रेसका श्याम घिमिरे विजयी भएका थिए ।
Nepal Election Result | Election 2082 | Election 2026
दोलखामा पनि मतगणना आज हुने
Nepal Election Result | Election 2082 | Election 2026
म्याग्दीमा महावीर पुनको अग्रता
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता लिएका छन् । त्रिभुज चिह्नमा चुनाव लडेका पुन ९६६ मतका साथ अग्रस्थानमा रहेका छन् ।
एमालेका हरिकृष्ण श्रेष्ठ ६१२, कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ र नेकपाका अर्जुन थापाले ४७१ मत पाएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026

तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बाको अग्रता
तेह्रथुमको पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले ९१ मतान्तरले अग्रता लिएका छन् ।
सुब्बाले ३ हजार ८४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २ हजार ९९३ मत प्राप्त गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले २ हजार ५४९ मतका साथ पछ्याइरहेका छन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्बुले १४४१ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्वुले २४७ मत पाएका छन् ।
Nepal Election Result | Election 2082 | Election 2026
सुर्खेत-१ मा कांग्रेसको सुरुआती अग्रता
सुर्खेत–१ मा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।
१९९० मत गणना हुँदा कांग्रेसका विष्णुकुमार खड्काले ७९६ मत प्राप्त गरेका छन् । रास्वपाका टेकबहादुर सिंहले ५४५ मतसहित दोस्रो स्थानमा आउँदा एमालेका ध्रुवकुमार शाहीले ४२७ मत पाएर तेस्रो स्थानमा छन् ।
नेपाली कम्युनिस्ट पार्टीका जितबहादुर रानाले ७७ पाउँदा राप्रपाका रविकिरण हमालले १७ मत पाएका छन् ।
८४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Nepal Election Result | Election 2082 | Election 2026
धनकुटामा पनि मतगणना सुरु
धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना शुक्रबार बिहान ११ : ४० बजेदेखि सुरु गरिएको छ । जिल्लास्थित सामुदायिक भवनमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिहीबार सम्पन्न निर्वाचनपछि मतपेटिका संकलन राति १२ बजेसम्म सुरक्षित रूपमा मतगणना केन्द्रमा पुर्याइएपछि शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठकले १० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना प्रक्रिया पनि व्यवस्थित रूपमा अगाडि बढाइएको जनाएइको छ । धनकुटामा ३ जना स्वतन्त्र सहित १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
धनकुटामा रहेका ११९ मतदान स्थलमा रहेका १६६ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको थियो ।
Nepal Election Result | Election 2082 | Election 2026

कैलाली-३ मा मतगणना सुरु
कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत पुस्कलराज प्रसाईँले यहाँ मतगणना सुरु भएको जानकारी दिए ।
उहाँका अनुसार कैलारी गाउँपालिका-३ बाट मतगणना सुरु भएको छ । यहाँ एक लाख नौ हजार १२२ मतमध्ये ५५ प्रतिशत अर्थात् ६० हजार २९४ मत खसेको थियो ।
यस क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका गरी ४५ मतदानस्थल र १४७ मतदान केन्द्र रहेका थिए । यहाँ विभिन्न ११ दलका ११ उम्मेदवारहरू चुनावी मैदानमा हुन् ।
धनकुटामा सुरु भयो मतगणना
धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतगणना शुक्रबार बिहान ११:४० बजेदेखि सुरु गरिएको छ । जिल्लास्थित सामुदायिक भवनमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिहीबार सम्पन्न निर्वाचनपछि मतपेटिका संकलन राति १२ बजेसम्म सुरक्षित रूपमा मतगणना केन्द्रमा पुर्याइएपछि शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठकले १० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना प्रक्रिया पनि व्यवस्थित रूपमा अगाडि बढाइएको जनाएइको छ । धनकुटामा ३ जना स्वतन्त्र सहित १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहामा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुआती अग्रता लिएको छ ।
निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार बिहान १०ः१५ बजेसम्म ८४४ मत गणना हुँदा रास्वपाका उम्मेदवार तपेश्वर यादवले ५४७ मत प्राप्त गरेका छन् । यस्तै, जनमत पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद महतोले ८८ र नेकपा (एमाले) का धर्मनाथप्रसाद साहले ६५ मत प्राप्त गरेका छन् ।
जिल्लाका प्रमुख निर्वाचन अधिकृत तथा क्षेत्र नं ३ का निर्वाचन अधिकारी डा श्रीप्रकाश उप्रेतीका अनुसार सिरहा, २ र सिरहा, ३ मा पनि बिहान ११ बजेदेखि मतगणना सुरु भएको छ । सिरहा, १ मा बिहान १० बजेदेखि नै मतगणना सुरु भएको निर्वाचन अधिकृत फडिन्द्रराज भट्टराईले जानकारी दिए । रासस
काभ्रे- २ को मतगणना सुरु
काभ्रे-२ को मतगणना पनि सुरु भएको छ । धुलिखेल नगरपालिका मत सुरु भएकाे हो ।
Nepal Election Result | Election 2082 | Election 2026

गुल्मी-१ मा मतगणना सुरु, पहिलो गणना कालीगण्डकी र चन्द्रकोटबाट
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी निर्वाचन क्षेत्रनम्बर १ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको सहमतिपछि ११ बजेदेखि मतगणना सुरु गरिएको हो।
सुरुआतमा कालीगण्डकी गाउँपालिका र चन्द्रकोट गाउँपालिकाबाट खसेका मतपत्रको गणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
मतगणना जिल्ला समन्वय समितिको हलमा भइरहेको छ । मतपेटिका सबै मतदान केन्द्रबाट सदरमुकाम ल्याइसकिएको र सुरक्षा व्यवस्थासहित मतगणना भइरहेको छ ।
गुल्मीमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् भने जिल्लाभर २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन्। क्षेत्र नम्बर १ मा कुल मतदाता एक लाख २२ हजार १८६ रहेकोमा ६४,७८७ मत खसेको छ ।

सुनसरी-३ मा पनि रास्वपाको अग्रता
सुनसरी क्षेत्र नम्बर ३ मा ५०० मत गणना हुँदा रास्वपाका अशोक चौधरीले अग्रता लिएका छ्न् ।
चौधरीले २६७ मत प्राप्त गरेका छ्न् । उनलाई पछ्याउँदै एमालेकी भगवती चौधरिले ११० मत ल्याएकी छन् भने कांग्रेसका विजयकुमार गच्छदारले ९२ मत प्राप्त गरेका छ्न् ।
दाङ-३ मा रास्वपाका कमल सुवेदीको सुरुआती अग्रता
दाङ-३ मा रास्वपाका कमल सुवेदीले सुरुआती अग्रता लिएका छन् ।
५०० मत गणना हुँदा रास्वपाका सुबेदीले २४५ मत प्राप्त गरेका छन् । कांग्रेसका दीपक गिरिले १४५ मत प्राप्त गर्दै सुवेदीलाई पच्छाइरहेका छन् । त्यस्तै नेकपा एमालेका घनश्याम पाण्डेले ७३ मत प्राप्त गरेका छन् भने चौथोमा नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले १७ मत प्राप्त गरेका छन् ।
दाङ-३ मा ८८ हजार २७६ सय मत खसेको थियो ।
Nepal Election Result | Election 2082 | Election 2026
चितवन-२ मा रवि लामिछानेको फराकिलो अग्रता कायमै

Nepal Election Result | Election 2082 | Election 2026
मोरङ-६ मा पनि मतगणना सुरु
मोरङको क्षेत्रनम्बर-६ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो ।
यो क्षेत्रमा नेपाली कांग्रेसबाट डाक्टर शेखर कोइराला, एमालेबाट विनोद ढकाल नेकपाबाट ओपेन्द्र राय र रास्वपाबाट रुविना आचार्य चुनावी प्रतिस्पर्धामा छन् ।

कुन पार्टीको अग्रता कति ?

छोराको न्वारनको दिनमा जितको खुसी, के भनिन् रञ्जुले ?
रामेछापमा सकियो सर्वदलीय बैठक, ११ : ३० देखि मतगणना हुने
रामेछापमा सर्वदलीय बैठक सकिएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार ११ :३० देखि मतगणना गर्ने सहमति भएको छ
Nepal Election Result | Election 2082 | Election 2026

धनुषा-३ : रास्वपाका झा अग्रता बढाउँदै, पछ्याउँदै कांग्रेसका निधि
धनुषा ३ मा जारी मतगणनामा रास्वपाका मनिष झा अग्रता फराकिलो बनाउँदैछन् । उनले ८४४१ मत ल्याउँदा नेपाली कांग्रेसका विमलेन्द्र निधि २९९० मत ल्याएर पछ्याइरहेका छन् ।
नेकपा एमालेका उम्मेदवार जुलीकुमारी महतोले १४३८ मत ल्याएकी छन् ।

चितवन ३ मा पनि रास्वपा अगाडि
पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि छ ।
रास्वपाकी उम्मेदवार सोविता गौतमले तीन हजार ६३९ मत प्राप्त गरेकी छन् भने नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले दुई हजार २६३ मत प्राप्त गरेकी जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी, नेकपा एमालेका शङ्कर थपलियाले ७४१ मत पाएका छन् ।

प्युठानमा पनि मतगणना सुरु भएको छ ।
#ElectionDay #election2082 #electiononlinekhabar #readyforvote
रास्वपाको खाता खुल्यो, काठमाडौं–१मा रञ्जु दर्शना विजयी
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।
६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।

प्रारम्भिक मत परिणाम बारे हर्कः अल इज वेल
प्रारम्भिक मत परिणाम अनुसार देशव्यापी रूपमा रास्वपाको लहर देखिएको छ । यसबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङ्पाङले भनेका छन्, \'अन्तिम नतिजा प्रकाशन नभइन्जेल कसैले रमाइहाल्ने या निरास भइहाल्ने गर्नु हुँदैन । अल इज वेल ।\'

बालेन प्रवेशसँगै सुरु भयो रास्वपा लहर, अरु पार्टीले किन खाए धक्का ?
जारी मतगणनाबीच अनलाइनखबरले यो ब्रिफिङ तयार पार्दासम्म ४५ सिटमा रास्वपा प्राय: धेरै ठाउँमा विशाल मतान्तरसहित अग्र स्थानमा छ ।
विशेष महाधिवेशनपछि बदलावको सन्देश लिएर मतदातासामु गएको कांग्रेसले आम समुदायमा त्यो सन्देश विस्तार गर्न सकेन । कांग्रेस ५ सिटमा अग्रतासहित दोस्रो स्थानमा देखिए पनि रास्वपासँग अन्तर ठूलो छ । सभापति गगन थापाल सर्लाही ४ मा नै दबाबमा छन् भन्ने हाम्रो टिमको आन्तरिक बुझाइ छ ।

अमरेशको गृहपालिकाबाट सर्लाही–४ मतगणना सुरु
सर्लाही–४ मा मतगणना सुरु भएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यो क्षेत्रमा अहिले सवा १० बजेबाट मतगणना सुरु भएको हो ।
पहिलो चरणमा बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ को खसेको मतबाट गणना सुरु भएको छ । बलरा नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका हो ।
म्याग्दीमा नेकपाका अर्जुन थापाको सुरुवाती अग्रता
धवलागिरी गाउँपालिका १ गुर्जा ३२४ मतगणना सकिंदा नेकपाका अर्जुन थापाले २०१ मत ल्याएर सुरुवाती अग्रता लिएका छन् । उक्त वडाबाट स्वतन्त्र उमेद्वार महाविर पुनले ६१, नेपाली काँग्रेसका केवी भण्डारीले ३७, एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत पाएका छन् । अहिले धवलागिरी गाउँपालिका २ लुलांगको मतगणना भइरहेको छ ।
Nepal Election Result | Election 2082 | Election 2026
उदयपुर-१ : रास्वपाका गेलाल दोब्बर मतान्तरसहित अगाडि
उदयपुर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलालले अग्रता दोब्बर बनाएका छन् ।
उनले १२२६ मत ल्याउँदा नेकपा एमालेका दुर्गाकुमार थापाले ६०५ मत ल्याएका छन् । त्यस्तै नेकपाका उम्मेदवार बलदेव चौधरीले ४६४ मत ल्याएका छन् ।

मोरङ ३ मा श्रम संस्कृति अगाडि
जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ५५४ मत प्राप्त गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ३३६ र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले २९५ मत प्राप्त गरेका छन् ।
यो निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार ५७ मतदाता कायम रहेकामा ९६ हजार ६७७ मत खसेको थियो ।
कपिलवस्तु-२ मा मतगणना सुरु
कपिलवस्तु क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कपिलवस्तुको बालमन्दिर रत्नराज मावि र बुद्ध पद्म माविको बुथबाट मतपेटिका खोलेर मतगणना सुरु भएको हो ।

कपिलवस्तु-२ मा मतगणना सुरु
कपिलवस्तु क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कपिलवस्तुको बालमन्दिर रत्नराज मावि र बुद्ध पद्म माविको बुथबाट मतपेटिका खोलेर मतगणना सुरु भएको हो ।

शीर्ष नेताहरू : को कहाँ कति अगाडि/पछाडि ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ निन्तर अगाडि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार रवि लामिछाने ३२६५ मत ल्याएर अग्रता लिइरहेका छन् भने एमालेका अस्मिन घिमिरे १५१९ मतसहित पछ्याइरहेका छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पछि पारिरहेका छन् । पछिल्लो मत परिणाम अनुसार बालेनले १ हजार ४ सय ७८ मत प्राप्त गर्दा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन् ।

धवलागिरी गाउँपालिकाबाट म्याग्दीको मतगणना सुरु
म्याग्दीमा अहिले बिहान ९ बजेदेखि मतगणना सुरु भएको छ । बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा मतगणना भइरहेको छ ।
मतगणना धवलागिरी गाउँपालिकाबाट सुरु गरिएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।

जुम्लामा राप्रपालाई अग्रता
५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणता हुँदा निकै कमजोर देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले मतगणनामा पहिलोपटक अग्रता लिएको छ ।
राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो । उसलाई नेपाली कम्युनिष्ट पार्टीले पछ्याइरहेको छ ।

५६ निर्वाचन क्षेत्रको मतगणना जारी, रास्वपाको ४४ सिटमा अग्रता
देशभरका ५६ निर्वाचन क्षेत्रबाट प्राप्त प्रारम्भिक परिणामअनुसार, अहिले रास्वपाले ४४ स्थानमा अग्रता लिइरहेको छ । कांग्रेसले ५, एमालेले ४, नेकपाले २ र राप्रपाले एक स्थानमा अग्रता लिइरहेका छन् ।

विश्वप्रकाशले भनेः मतदाताको फैसला स्वीकार्य
प्रतितिधि सभा निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसअनुकूल परिणाम नदेखिएपछि उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य भएको बताएका छन् ।
गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित अग्रता लिएपछि उनले सामाजिक सञ्जाल एक्समार्फत् मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन् ।

प्रतिक्रिया 4