News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीले ५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणना हुँदा पहिलोपटक अग्रता लिएको छ।
- जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाहीले १३५ मत ल्याएर अग्रता लिएका छन्।
- नेपाली कम्युनिष्ट पार्टीले १०३ मत पाएको छ भने नेपाली कांग्रेस र एमालेका उम्मेदवारले क्रमशः २५ र २३ मत पाएका छन्।
२२ फागुन, काठमाडौं । ५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणता हुँदा निकै कमजोर देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले मतगणनामा पहिलोपटक अग्रता लिएको छ ।
राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो । उसलाई नेपाली कम्युनिष्ट पार्टीले पछ्याइरहेको छ ।
तीन सय मत गणना हुँदा जुम्लाका राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीले १०३ मत प्राप्त गरेको छ । यहाँ नेकपाका नरेश भण्डारी उम्मेदवार छन् ।
नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत ल्याउँदा एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २ मत मात्र पाएकी छन् । १० मत बदर भएको छ ।
प्रतिक्रिया 4