+
+
Shares

जुम्लामा मतगणना सुरु

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यअन्तर्गत मतपेटिका संकलन सकिएसँगै जुम्लामा पनि मतगणना सुरु गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २२ फागुन बिहीबार जुम्लामा प्रतिनिधिसभा सदस्यअन्तर्गत मतपेटिका संकलन सकिएपछि बिहान साढे ८ बजेदेखि मतगणना सुरु गरिएको छ।
  • जिल्लाका सम्पूर्ण मतदान केन्द्रबाट मतपेटिका राति नै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका थिए।
  • मतगणना कार्य कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ र २ बाट सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

२२ फागुन, जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यअन्तर्गत मतपेटिका संकलन सकिएसँगै जुम्लामा पनि मतगणना सुरु गरिएको छ । आज बिहान साढे ८ बजेदेखि गणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हिजो राति नै जिल्लाका सम्पूर्ण मतदान केन्द्र र मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगे पनि मतगणना कार्य अहिले मात्र सुरु भएको अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतगणना कार्य अहिले जुम्लाको कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ को मत गणनाबाट सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?