+
+
Shares

मकवानपुरको मतगणना बिहान साढे १० बजेदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ९:०८

२२ फागुन, हेटौंडा । मकवानपुरको मतगणना शुक्रबार बिहान साढे १० बजेदेखि गरिने भएको छ ।

बिहान बसेको सर्वदलीय बैठकले साढे १० बजेदेखि मतगणना गर्ने सहमति भएको मुख्य निवार्चन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् ।

यसअघि एकभन्दा बढी वडा मिसाएर गन्ने वा एक वडाको मात्रै गन्ने भन्ने विषयमा सहमति हुन सकेको थिएन ।

अब प्रत्येक वडाको छुट्टाछुट्टै गणना गरिने गरी सहमति भएको हो । दलहरूले वडाको छुट्टा-छुट्टै मतगणना हुनुपर्ने अडान लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?