+
+
Shares

नवलपुरमा मन्दिर नजिक अचेत भेटिएका २ महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते ८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वी नवलपरासीको गैंडाकोट–१० मा अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा ३८ वर्षीया कविता राई र ४५ वर्षीया कान्छी राई रहेका छन् ।
  • घटनाको कारण हालसम्म नखुलेको र यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

११ साउन, चितवन । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका–१० अकलामाई मन्दिर नजिक अचेत भेटिएका दुई महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई गैंडाकोट नगरपालिका–१२ मा बस्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई गैंडाकोट नगरपालिका–१० स्थित एक गाई फार्ममा कार्यरत ४५ वर्षीया कान्छी राई छन् ।

उनीहरुको मृत्युको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

ती महिलाहरुलाई स्थानीयले आइतबार दिउँसो अचेत अवस्थामा मन्दिर नजिक फेला पारेका थिए । स्थानीयले दिएको सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरीले दुवै महिलालाई उपचारका लागि नगर अस्पताल भेँडाबारी पुर्‍याएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?